अबको जोड कोरोना संक्रमण पत्ता लगाउन केन्द्रीत:मुख्यमन्त्री राई

 न्यूज विराट
अबको जोड कोरोना संक्रमण पत्ता लगाउन केन्द्रीत:मुख्यमन्त्री राई

विराटनगर, २८ चैत–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताएका छन् । ‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लँडाईमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज १८ दिन भएको छ,’’ मुख्यमन्त्री राईले भने,‘यो भाइरस नियन्त्रणकै लागि अहिले पनि देश लकडाउनको अवस्थामा छ । अहिले हाम्रो प्रदेशबाटै कोरोना परीक्षण भइरहेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको कुरा विदितै छ ।’’

शुक्रबारबाट कोशी अस्पतालबाट कम्तिमा दिनमा ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब संचालनमा आएको छ । यो ल्याबको निरीक्षण शुक्रबार नै मुख्यमन्त्री राईले गरेका छन् । केही दिनभित्रै झण्डै ६ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्रीको भनाइ छ । उनले यस प्रकार कोरोनालाई पराजित गर्न सरकार प्रदेशवासीको सुरक्षाको ग्यारेन्टी गर्न परीक्षण महत्पूर्ण हुने अपेक्षा गरिएको बताएका छन् ।

शुक्रबारसम्म १ सय ८० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ भने १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पठाइएको मुख्यमन्त्रीले बताए । उनले प्रदेशका ४८ स्थानमा ४ सय ३२ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियू तयार भएको बताए । मुख्यमन्त्री राईले २ सय ६१ ठाउँमा ४ हजार १ सय ९८ वटा क्यारेन्टाईन बेड बनेका जानकारी दिए । बनेका क्वारेन्टाईनमा ६ सय ८ जना बसेका छन् । प्रदेशमा होम क्वारेन्टाईनमा ३ हजार २ सय ९५ जना बसेको समेत बताए ।

प्रदेश सरकारले स्थापना गरेको प्रदेश १ जनसुरक्षा कोषमा १२ करोड ८७ लाख ६६ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएको पनि मुख्यमन्त्री राईले जानकारी दिएका छन् । मुख्यमन्त्री राईले भने,‘हामीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिसकेका छौं ।’

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक,स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई निजले गरेको सेवाको कदर स्वरुप प्रदेश सरकारको तर्फबाट एकमुष्ट रु. ५० लाख प्रदान गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री राईले बताए ।

‘यसरी हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं । तपाईहरुको सुरक्षाका लागि हामी कुनै कसर बाँकी नराखी काम गरिरहेका छौं ।’ उनले भने,‘उच्च मनोबलका साथ सामाजिक दुरी कायम गर्ने, भाइरसबाट संक्रमित हुनबाट बच्ने र अनुशासनको पालना गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र लकडाउनको पूर्ण रुपले पालना गर्न प्रदेशवासीलाई अपिल गर्दछु ।’

सम्बन्धित समाचार

कोशी सरकार गठन विरुद्धको रिटमा सुनुवाई  सकियो, रिट ‘हेर्दाहेर्दै’मा

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्तीका विषयमा सर्वाेच्चमा परेको रिटको  सुनुवाइ सकिएको छ । बुधबार  बहस  सकिएको हो । मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।  दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,...

प्रदेश १ का मन्त्री कार्कीको अभिव्यक्ति आपत्तिजनकः पत्रकार महासंघ

विराटनगर, २९ असार ।प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ मोरङले आपत्ति जनाएको छ । बुधबार पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्रपी अधिकारीले विज्ञप्ती निकाल्दै मन्त्री कार्कीले...

४ जेठमा स्थानीय निर्वाचन गर्ने सरकार र आयोगबीच समझदारी

काठमाडौं, १८ माघ । निर्वाचन आयोग र सरकारबीच ४ जेठमा स्थानीय तहकाे निर्वाचन गर्ने समझदारी बनेको छ । बालुवाटारमा मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको छलफलमा यो समझादरी बनेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...

आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भयोः गुरुराज घिमिरे

विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा पराजित भएका नेता गुरुराज घिमिरेले पार्टीको आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भएको आरोप लगाएका छन् । सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता घिमिरेले पार्टीको आन्तरिक...

उपराष्ट्रपति पुनको कोरोना परीक्षण

काठमाडौं, ३० वैशाख-संघीय संसद्को छैठौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कोभिड–१९ परीक्षणका लागि...

इन्डोनेसियामा ज्वालामुखी विष्फोट : कम्तीमा १३ जनाको मृत्यु

एजेन्सी, १९ मंसिर । इन्डोनेसियाको जाभा प्रान्तमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो । विवेकशील नेपाली...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर, ११ मंसिर–प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्