कुबेतमा रहेका नेपालीबारे प्रधानमन्त्रीको चासो, समकक्षीसँग सम्वाद

 न्यूज विराट
कुबेतमा रहेका नेपालीबारे प्रधानमन्त्रीको चासो, समकक्षीसँग सम्वाद

प्रधानमन्त्री केपी शर्मा ओली कुवेतमा रहेका नेपालका बारेमा चासो व्यक्त गरेका छन् । कुवेतमा रहेका नेपालीको अवस्था बुझ्न प्रधानमन्त्री ओलीले समकक्षीसँग मंगलबार दिउँसो फोन सम्वाद गरेका हुन् ।

कुवेतका प्रधानमन्त्री सवाह अल खालिद अल सवाहसँग भएको टेलिफोन सम्वादमा त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेको प्रधानमन्त्रीले ट्विटमार्फत जानकारी दिएका हुन् ।

जवाफमा कुवेतका प्रधानमन्त्रीले नेपालीलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरूको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेँ’ उनले ट्विटमा लेखेका छन्, ‘कुवेतका प्रधानमन्त्रीले नेपालीलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरूको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

सम्बन्धित समाचार

न्यूरो अस्पतालमा एमडी र एमएसको पढाई सुरु

बिराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ ।अहिले शुरु गरिएको एफसीपिएस कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी,...

मोरङको धनपालथानमा कांग्रेस–एमालेबिच कडा टक्कर, झिनो मतले कांग्रेसको अग्रता

मोरङको धनपालथान गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच कडा टक्कर भएको छ । हालसम्म कुल ४०० मत गणना हुदा नेपाली कांग्रेसले झिनो मत अन्तरले अग्रता लिएको हो । नेपाली कांग्रेसबाट अध्यक्ष पदका...

विराटनगरमा विविद्य कार्यक्रम गरी मनायो ६८ औँ प्रहरी दिवस

विराटनगर । ६८ औँ प्रहरी दिवसको अवसर पारेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरीले शुक्रबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आज विहान बिराटनगरको महेन्द्र चोकमा रक्तदान कार्यक्रम...

सुदूरपश्चिमा ७८ जना कोरोना संक्रमित

डढेल्धुरा, २१ जेठ-सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ । धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका...

प्रतिनिधि मनोनितमा विवाद, नाराबाजीले एमाले मोरङको बन्दसत्र रोकियो

विराटनगर । नेकपा एमालेको दशौ अधिवेशनको बन्दसत्र रोकिएको छ । आज दिउँसोबाट सुरू भएको बन्द शत्रमा जिल्ला अधिवेशन प्रतिनिधि मनोनित गरेको विषयमा विवाद भएपछि बन्दसत्र रोकिएको हो । जिल्ला कमिटीले मनोनित गरेको ४६ जना प्रतिनिधिको...

२४ घण्टामा थपिए ३७८ कोरोना संक्रमित, ४९९ जना डिस्चार्ज

काठमाडौं, २४ साउन-शनिबार देशभर ३७८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

सशस्त्रका डिआइजी पोखरेलका ‘घुमुवा’ प्रहरीको दादागिरी, महिलामाथि विराटनगरमा निर्घात कुटपिट

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराहबाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले परिचालन गरेको ‘घुमुवा’ प्रहरीले आतंक सिर्जना गरेको पाइएको छ । तस्करी रोकथाम र नियन्त्रणको नाममा सर्वसाधरणलाई कुटपिट गर्दै आतंक सिर्जना गरेका...

आज प्रदेश १ मा अहिलेसम्मकै धेरै ५ सय ५२ संक्रमित थपिए

विराटनगर २४ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा पाँच सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा सुनसरीमा तीन सय १०, मोरङगमा एक सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्