
विराटनगर, २५ जेठ । विराटनगरस्थित चुलाचुली मार्गमा फोहरको ‘डंगुर’ थुप्रीएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पदभार सम्हाल्ने वित्तिकै फोहर व्यवस्थापनमा सकृय भएपनि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको सकृयता नदेखिएको स्थानीयले गुनासो गरेका छन् ।
चुलाचुली मार्गसहित विराटनगरका विभिन्न स्थानमा फोहरको डंगुर थुप्रीएर शहर दुर्गन्धीत भएपनि मेयर कोइरालाले चासो नदेखाएको महानगरवबसीको गुनासो छ । उनीहरुले विराटनगरको तत्काल फोहर व्यवस्थापन गर्न माग गरेका छन् ।