सप्तरीमा तीन हजार ७५४ जनालाई कोरोनाविरुद्धको खोप लगाइने - News Birat

सप्तरीमा तीन हजार ७५४ जनालाई कोरोनाविरुद्धको खोप लगाइने

न्यूज विराट

कोरोना भाइरसविरुद्धको कोभिसिल्ड नामक खोप प्रदेश हुँदै आज सप्तरी आइपुगेको छ । पहिलो चरणमा प्रदेशबाट ८ सय ३३ भाइल अर्थात ८ हजार ३३० डोज खोप कार्यालयमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरणअन्तर्गत सप्तरीमा बुधबारबाट गजेन्द्रनारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी अस्पतालबाट अग्रमोर्चामा रहेर कार्य गरिरहेका ३ हजार ७५४ जनालाई खोप लगाउने कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

प्रदेश २ का सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम सुरु गर्ने प्रदेश २ सरकारको तयारीअनुसार सप्तरीमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले खोपको शुभारम्भ गर्नेछन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई खोप लगाउने तयारी छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles