४५ हजार परिवारलाई घरघरमै राहत सामग्री

 न्यूज विराट
४५ हजार परिवारलाई घरघरमै राहत सामग्री

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले नेपाललाई लकडाउन गरेसँगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाड्न व्यस्त छन् ।

८ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई राहत बाँड्ने तयारी भएको छ । कतिपय स्थानीय तहले विपन्न परिवारका लागि पहिलो चरणको राहत सामग्री वितरण गरिसकेका छन् भने कतिपय स्थानीय तहले राहत बाँड्ने तयारी गरिरहेका छन् ।

झापामा रहेका स्थानीय तहमध्ये बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै विपन्न परिवार रहेको पाइएको छ । बिर्तामोड नगरपालिकामा ६ हजार ८ सय विपन्न परिवार रहेको बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । भद्रपुर नगरपालिका ४ हजार २ सय परिवार विपन्न रहेको र शिवसताक्षी नगरपालिकामा पनि ४ हजार घरपरिवार विपन्न रहेको बताइएको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलन नदिन १४ दिनदेखि लकडाउन भएसँगै अहिले जनप्रतिनिधि स्थानीयको घरघर पुगेर विपन्न परिवारको पहिचान गर्दै उनीहरुलाई राहत वितरण गरिरहेका छन् ।

आफ्ना पालिकाभित्र बसोबास गर्ने सबै विपन्न परिवारलाई न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने भन्दै सबै स्थानीय तहका जनप्रतिनिधि वडा कार्यालय र टोल विकास संस्थामार्फत विपन्नको पहिचान गर्दै राहत सामग्री घरघरमै पु¥याइरहेका छन् ।

स्थानीय तह नै पिच्छे आ–आफ्नै मापदण्ड र नियम बनाएर विपन्न वर्ग र मजदुरको पहिचान गर्दै राहत सामग्री वितरण गरिँदैछ । जसमा विभिन्न सङ्घसंस्थाको समेत सहयोग रहेको छ ।रासस

सम्बन्धित समाचार

जसपा अध्यक्ष ठाकुरले बोलाए आफूनिकट सांसदहरूको बैठक

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदहरूको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल लगत्तै उनले आफूनिकट सांसदहरूको बैठक बोलाएका हुन् । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे सांसदहरूलाई बोलाइएको हो ।...

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज लिदै शपथ, सानो मन्त्रिमण्डल विस्तारको तयारी

विराटनगर । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज विहान ९ बजे शपथ ग्रहण गर्ने भएका छन् । उनलाई प्रदेश प्रमुख परर्शुराम खापुङबाट शपथ ग्रहण गराउनेछन् । थापालाई प्रदेश प्रमुख खापुङ्गले हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।...

प्रदेश १ मा शुक्रबार ६७ संक्रमित थपिए

विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...

डब्लुएचओका नेपाल प्रतिनिधि भन्छन् : परिस्थिति अझै नराम्रो हुनेवाला छ

काठमाडौं, ९ भदौ-विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा संक्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उनले अहिले नेपालमा...

तरकारी तथा फलफुल बेच्ने महिलाहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दियो छाता

विराटनगर, ८ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई छाता वितरण गरेको छ । एक कार्यक्रमकाबिच डाउनटाउनले सडक छेउमा तरकारी बिक्रि गरेर जिविकोपार्जन गर्दै आएका १५ जना महिलाहरुलाई रोटरी प्रतीक र क्लबको नाम छापिएको...

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

एजेन्सी, १९ मंसिर-क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोना विरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको...

बिनाशले लामो समयसम्म आफैंलाई समस्यामा पार्छ : ओबामा

एजेन्सी, जेठ २०-संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा भइरहेको प्रदर्शनले हिसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन् । उनले परिवर्तनको आकांक्षाअनुसार भएको प्रदर्शनमा हिंसाले स्थान पाएको भन्दै आलोचना गरेका हुन् । अफ्रिकी मूलका...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्