तातोपानी नाकाबाट एकै दिन ४ कन्टेनर स्वास्थ्य सामग्री भित्रियो

 न्यूज विराट
तातोपानी नाकाबाट एकै दिन ४ कन्टेनर स्वास्थ्य सामग्री भित्रियो

स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालनमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै ४ कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका ४ वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताए । अहिले नाकाबाट निर्वादरुपमा सामान आयत भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अलपत्र परेकालाई सम्पर्क गर्न आग्रह

सिन्धुपाल्चोकका विभिन्न ५ स्थानीय तहले काठमाडौं वा देशको जुनकुनै स्थानमा खान, बस्न समस्या भोगेका आफ्ना नागरिकलाई स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।

खान, बस्न र परिवार भेट्न राजधानीबाट थातथलो हिँड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्थाबारे सोधखोज गरेका हुन् ।

चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङले अन्य ठाउँमा समस्यामा परेकालाई नगरपालिकाले सुरक्षित रुपमा ल्याएर १४ दिन क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षणपछि घरसम्म पुर्‍याउने भएकाले अलपत्र परेका पालिकावसीलाई सम्पर्क गर्न आग्रह गरेका छन् । रासस

सम्बन्धित समाचार

स्थायी कमिटी बैठक बसेन, मन्त्रिपरिषद बैठकका लागि हिँडे मन्त्री

काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै नबसी स्थगित भएको छ ।बैठक नबसेपछि स्थायी समिति सदस्यहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । बिहान ११ बजे बोलाइएको बैठकअघि प्रधानमन्त्री केपी...

खोटाङको दिक्तेलमा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी

विराटनगर, ४ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा तिर्थराज भट्टराई ११ हजार ३८९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम...

मास्क कालोबजारी गर्ने विराटनगरस्थित अधिकारी मेडिकोका सञ्चालक पक्राउ

विराटनगर, ८ जेठ । तोकिएको भन्दा अत्याधिक मुल्य लिएर मास्क विक्रि गर्ने एक फार्मेसी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मास्कको कालोबजारी गर्ने विराटनगरस्थित कोसी अस्पताल अगाडीको अधिकारी मेडिकोका सञ्चालक ३१ वर्षीय भुपेन्द्रनाथ अधिकारीलाई प्रहरीले...

सीमामा खटिएका सशस्त्रका असईको मृत्यु

सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...

रीता न्यौपानेलाई हराएर मोरङ ६(१) बाट जिवन आचार्य चुनिने सम्भावना प्रबल

विराटनगर । मंसिर ४ गते हुने निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको क्षेत्रमध्ये मोरङ क्षेत्र नं. ६(१) पनि हो । प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो । जहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका...

मानवअधिकार रक्षकले खोजे पहिचान

विराटनगर, १५ भदौ । मानव अधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानवअधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्नेवेला आएको...

राजस्थानमाथि बैंगलोरको जित

एजेन्सी, १ कात्तिक-एबी डी भिलियर्सको शानदार पारीसँगै रोयल च्यालेञ्जर्स बैंगलोरले युएईमा जारी आइपीएल-१३ को ३३औँ म्याचमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । डी भिलियर्सले मात्र २२ बलमा अविजित ३३ रन बनाए । उनले एक...

प्रदेशकै पहिलो मेची क्राउन पाँचतारे होटल सञ्चालनमा

झापा,  १५ असोज-झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्