तेह्रथुम, २५ चैत-रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित ९ जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ ।काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमबार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राखेको हो ।
इटहरीबाट हिँडेर आइपुगेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काले बताए ।भारतको दार्जिलिङ क्षेत्रमा फेरी लगाएर फर्किएका ९ सहित १५ जना फेदाप गाउँपालिकामा र ७ जना आठराई गाउँपालिकामा गरी जिल्लामा जम्मा ३१ जना क्वारेन्टाइनमा रहेका सहायक प्रजिअ खड्काले जानकारी दिए। क्वारेन्टाइनमा रहेका उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको भनाइ छ । रासस