राशिफल

पश्चिम सेती निर्माणका लागि काठमाडौंमा ‘संगीत संघर्ष’

 न्यूज विराट
पश्चिम सेती निर्माणका लागि काठमाडौंमा ‘संगीत संघर्ष’

डडेल्धुरा, माघ २८–७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको माग गर्दै अभियान चलाइरहेको बोलन्या थली धनगढीले ‘संगीत संघर्ष’ कार्यक्रम आयोजना गर्ने भएको छ । बोलन्या थलीले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब दिन उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । सोमबार पत्रकार सम्मेलन गर्दै संघर्षको कार्यक्रम अघि बढाउन लागेको बलन्या थलीले जानकारी दिएको छ ।

संघर्षको कार्यक्रम बुधबार दिउँसो ४ बजेदेखि कीर्तिपुरको नयाँबजार गेट मैदानमा हुने बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए । संयोजक जोशीका अनुसार उक्त संगीत संघर्ष कार्यक्रममा गायक चक्र बम, टंक तिमिल्सिना, अराज केशव, गजलकार विष्णु भट्ट, महेश विसीलगायतका कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रममा हुड्केली पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

पश्चिम सेती निर्माणका लागि दबाब दिन आयोजना गरिएको रचनात्मक विरोध कार्यक्रममा सहभागिता जनाउन संयोजक जोशीले सबैमा आग्रह गरेका छन् । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...