सभामुख, अध्यक्ष र कानुनमन्त्रीबीच छलफल

 न्यूज विराट
सभामुख, अध्यक्ष र कानुनमन्त्रीबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरु र सङ्घीय संसद्ले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा सभामुुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा गरिरहेका कामहरु उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिए ।

उनीहरुले न्यून आय भएका, दैनिक ज्यालादारी मजदूरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिए । कानूनमन्त्री तुम्बाहाङफेलाई यही चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग समन्वय गर्ने जिम्मेवारी दिएको थियो ।

सम्बन्धित समाचार

धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको कोरोना रिपोर्ट पोजेटिभ

धनगढी, ४ वैशाख=धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोड स्वाबको नमुना परीक्षण गर्दा २ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । सुदूरपश्चिम...

नेपालगञ्जमा संक्रमितको संसर्गबाट १४ जनामा कोरोना संक्रमण

बाँके, २२ वैशाख -नेपालगञ्जमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँस्थित भेरी अस्पतालको आरटी पीसीआर यन्त्रमा परीक्षणका क्रममा आइतबार मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि कोरोना संक्रमण देखिएका व्यक्तिलाई पछ्याउँदै जाँदा...

ओम्नीमाथि लेखा समितिले थाल्यो छानविन

काठमाडौं, १४ वैशाख-विनाप्रतिस्पर्धा ओम्नी बिजिनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य सामग्री खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णयमाथि संसदको लेखा समितिले छानविन प्रक्रिया अघि बढाएको छ । सरकारले बिनाप्रतिस्पर्धा ओम्नीलाई कोरोना महामारीसँग जुध्न उपकरण खरिदको सम्झौता गरेको थियो ।...

आज जनैपूर्णिमा तथा रक्षा बन्धन

काठमाडौं, ६ भदौ । आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि...

दशगजामा भारतले निर्माण गरेका संरचना हटाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं, १६ जेठ-संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेका भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता...

दसैँमा नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकको निर्णय

काठमाडौं, २५ असोज-नेपाल राष्ट्र बैंकले याे वर्षको दसैँमा नोट सटही नगर्ने निर्णय गरेकाे छ  । बैंकले आज कोरोना भाइरसको जोखिमका कारण विगतदेखि वितरण गरिने दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेकाे हाे । तीव्र रूपमा...

गाउँपालिका अध्यक्षले छाडे माओवादी,एमाले प्रवेश गरे लगत्तै बने जिल्ला सचिव

काठमाडौं, १२ असार । पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता नेकपा माओवादी (केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षको पदावधि एक वर्ष बाँकी रहदा गुप्ताले आफू निर्वाचित दल परित्याग गरेका हुन्...

चुनाव न्यायसंगत छ कि छैन अदालतले भन्न सक्नुपर्छ : दीनमणी पोखरेल

अधिवक्ता दीनमणी पोखरेलले सरकारले घोषणा गरेको चुनाव न्यायसंगत भए-नभएकोबारे अदालतले भन्न सक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा जारी सुनुवाइमा बहस गर्दै अधिवक्ता पोखरेलले सरकारले ताजा जनादेशमा जान अदालतले रोक्न नसक्ने भनेकाले सरकारको त्यो निर्णय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्