गाउँपालिका अध्यक्षको गाडी सिक्ने क्रममा अधिकृतले गराए दुर्घटना

 न्यूज विराट
गाउँपालिका अध्यक्षको गाडी सिक्ने क्रममा अधिकृतले गराए दुर्घटना

कावासोती, माघ ८–नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी सिक्ने क्रममा अधिकृतले दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनाको विषयलाई लिएर गएरातभरी तनाव भएको छ । हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक ५ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

स्थानीले घटनाको विरोध गरेपछि रातभरी तनाव उत्पन्न भएको हो । स्थानीयले सवारी चालकलाई पक्राउ गर्नु पर्ने र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे आएर घटनाको बारेमा सम्बोद्धन गर्नुपर्ने माग गरेका थिए । तर माग पूरा नभएपनि स्थानीय विरोधमा उत्रिएका हुन् । बिरोधका बीच कार्यालय समय सकिएर रातको समयमा दुई जना कर्मचारीले कार्यालय खोलेपछि स्थानीयले उनीहरुलाई कार्यालय भित्रै राखेर ताला लगाइदिएका थिए । ताला विहान पख प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।

हुप्सेकाट गाउँपालिकाका उपाध्यक्ष कोपिला मल्ललाई छाडेर आउने क्रममा गाडी दुर्घटनामा परेको भनिएपनि स्थानीयले सिक्ने क्रममा दुर्घटना भएको बताएका छन् । गाडीका चालक नभएको र गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले गाडी सिक्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । सुवेदी फरार छन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College