सम्राट स्पोर्टिङ क्लबद्धारा लिग बिजेता खेलाडीलाई सम्मान
शनिबार, २२ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।
लिग बिजेता खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरे । सम्मान कार्यक्रमका प्रमुख अतिथि हिक्मत कार्की, बिराटनगरका पुर्बप्रधान पन्च राम कृष्ण भट्टराई, क्लबका संरक्षक सन्तोष बानियाँ बिराटनगर महानगर वडा अध्यक्ष ३ बासु बस्नेत , पुर्ब वडा अध्यक्ष ३ बिनोद बस्नेत, युवा समाजसेवी कृष्ण कार्की लगायतको कार्यक्रम उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति क्लबका अध्यक्ष किरण गिरिले गरेका थिए । खेलाडीहरुको मनोबल बढाउन सम्मान गरिएको अध्यक्ष गिरीले बताए । क्लबले मनोज चौहान, सांसद अमनलाल मोदि, रामकृष्ण भट्टराई, नरेश राठि, डम्बर राई, राजिब निरौला ,न्युरो हस्पिटल, एजेलिया स्कुल ,ओम शर्मा, कुमार खतिवडा र पारस हस्पिटल लाई पनि उक्त प्रतियोगित को लागि आर्थिक सहयोग गरेकोमा सम्मान गरेको छ। यस्तै कार्यक्रममा सर्कल अफ फिफ्थ म्युजिकल ब्याडलाई पनि सम्मान गरेको थियो ।
सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको थियो ।
काठमाडौं, १३ असोज । ललितपुरमा ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरको मानभवनबाट ३ किलो चरेससहित मोरङका अञ्जित थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्गोमार्फत चरेस हङकङ पठाउने तयारी गरिरहेका बेला...
विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...
विराटनगर, १८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...
कोरोना भाइरसविरूद्धको भेरासेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरासेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरासेलको दोस्रो डोज लगाइन लागेको हो ।...
काठमाडौं, असोज २४ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई महाअभियोग लगाउनुपर्ने निश्कर्ष सुनाउनु भएको छ । प्रधानन्यायाधीश जवरले संबिधानमाथि गम्भीर खेलवाड गरेको र न्यायालयलाई नै जनताको नजरमा गिराएको भन्दै पराजुलीले महाअभियोग नै लगाउनु पर्ने निश्कर्ष...
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित धनढीका ३४ वर्षीय अमृत शाही सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । धनगढी उप–महानगरपालिका-५ का शाहीकोको लगातार २ पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले मंगलबार डिस्चार्ज गरेको छ। उनी २५...
जुम्ला, १ असार-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/भएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको...
विराटनगर । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ।बुधबार विराटनगरमा आयोजित...