भारतले पनि लकडाउन गरेपछि आपूर्तिमा समस्या

 न्यूज विराट
भारतले पनि लकडाउन गरेपछि आपूर्तिमा समस्या

मंगलबारदेखि लागु हुने गरी भारत सरकारले पनि २१ दिनको लागि लकडाउन गरेपछि बुधबार भारतबाट हुने आपूर्तिमा समस्या भएको छ । बुधबार एका बिहानै भारतबाट सामान आयात भए पनि दिउसो भने आयात निर्यातमा समस्या भएको भन्सार कार्यालयहरूले जनाएका छन् ।

दुबै नाका बन्द नभए पनि आयातमा भने समस्या देखिएको हो । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने बुधबार कम आपूर्ति भएपनि  नाका बन्द नभएको कारण समस्या नपर्ने बताए ।

भारत र नेपाल दुबै तर्फ लकडाउन भएपछि, मजदुर, ड्राइभर, भन्सार एजेन्टहरु आउन नसक्दा आयातमा समस्या भएको हो । बुधबार बिहान भैरहवा र कृष्णनगर नाकाबाट केही कन्टेनरहरु भने भित्रिएका थिए ।

बिहीबारदेखि नै सहज आपूर्तिको लागि दुई पक्षीय छलफल भने भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार २ हजार गाडीहरू अहिले बाटोमा रहेका छन् ।

सम्बन्धित समाचार

विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख प्रधानले दोहोरो सुविधा लिएको खुलासा, लेखा परिक्षक नियुक्तिमासमेत मोटो रकमको चलखेल

विराटनगर, माघ ३-विराटनगर महानगरपालिकाका एक कर्मचारीले कानुन विपरित दोहोरो सुविधा लिएको खुलासा भएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले नियम कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको खुलासा भएको...

कोरोनाबाट काठमाडौंका छसहित १५ को मृत्यु, २ सय ७० जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २१ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

झा दम्पती बेपत्ता प्रकरण : छिटो छानबिनको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सो घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्न माग गर्दै मैथिल ब्राह्मण महासभा युवा कार्य समिति मोरङले...

राजनीतिक अधिकार अपहरण भए जनअदालतमा जान्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बुधबार सप्तरीको महदेवा गाउँपालिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको आन्तरिक विवाद...

बुढासुब्बा गोल्डकप : मनाङ–मर्स्यांग्दी क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर, फागुन १२–बेलबारी फुटबल क्लबमाथि ४–० को शानदार जित दर्ता गर्दै मनाङ मर्स्यांग्दी क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा मनाङले उत्कृष्ट खेल...

नेकपा (एमाले) मोरङको अधिवेशनः कटहरीका सुभाषकुमार सरदार भूगोलबाट सर्वसम्मत निर्वाचित

विराटनगर, २९ पुस । नेकपा (एमाले) मोरङको सम्पन्न ९ औँ जिल्ला अधिवेशनमा भूगोलबाट कटहरीका युवा नेता सुभाषकुमार सरदार सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्बजनिक गरेको अन्तिम परिणाम अनुसार नेता सरदार कटहरी भूगोलबाट सर्वसम्मत...

घरको छतमा मनाइयो चैती छठी

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण जनकपुरधामबासीले आ–आफनो घरमै चैती छठ मनाएका छन् । चैती छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामूहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर,...

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्