विराटनगर, चैत १०–मोरङको सुन्दरहरैंचास्थित हसिना सिमसारमा बोटिङका लागि पोखरी निर्माण कार्य सुरु गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिअन्तर्गत आएको ४० लाख बजेटमार्फत हसिना सिमसार क्षेत्रभित्र रहेको सिमसारमा बाँध निर्माण गरि पोखरी निर्माणको काम सुरु गरिएको हो ।
हाल निर्माण कार्य तीव्र गतिमा अघि बढेकाले १ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने हसिना सिमसार पर्यटन तथा प्रवद्र्धन समितिका अध्यक्ष कविराज राईले जानकारी दिए । बाँध निर्माणपछि करिब २ सय मिटर लामो पोखरी निर्माण हुने र सो पोखरीमा केही थान डुंगा सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए । यस्तै सिमसारको वरिपरि पर्खाल निर्माणको कामसमेत सुरु गरिएको उनले जानकारी दिए ।