तीन दशकपछि तेस्रो प्रयासमा पूरा भयो बाइडेनको सपना

 न्यूज विराट
तीन दशकपछि तेस्रो प्रयासमा पूरा भयो बाइडेनको सपना

एजेन्सी, २३ कात्तिक-सन् १९७२ को कुरा हो, ह्वाइट हाउसमा राष्ट्रपति पदमा रिचर्ड निक्सन थिए र अमेरिका चन्द्रमामा मानिसलाई पठाउने अभियान चलाइरहेको थियो । यही समयमा आफ्नो राजनीतिक करियर सुरु गरेका जो बाइडेले ५० वर्ष लामो राजनीतिक यात्रा गरिसकेका छन्।

यस क्रममा तीन दशकमा तीन पटक देशको राष्ट्रपति बन्ने आकांक्षा राखेका उनको सपना अब पूरा भएको छ । उनी अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो सपना पूरा भएको हो ।

पेन्सिलभेनियामा १९४२ मा एक क्याथोलिक परिवारमा जन्मिएका जो रोबिनेट बाइडेन जुनियरले डेलावेयर विश्वविद्यालयबाट आफ्नो पढाई पूरा गरे र सिएराक्युज युनिभरसिटीबाट १९६८ मा वकालतको डिग्री लिएर करियर सुरु गरे ।

७८ वर्षीय डेमोक्रेटिक उम्मेदवार बाइडेन राष्ट्रपति पदमा पुग्ने अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उमेरको रेकर्ड बनाएको यो पहिलो घटना भने होइन । आफ्नो राजनीतिक करियर सुरु गर्दै १९७२ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक डेलावेयरबाट देशको पाँचौ सबैभन्दा कम उमेरका सिनेटरका रुपमा निर्वाचित भएका थिए ।

यो सिटबाट ६ पटक सिनेटर चुनिएका बाइडेनले पहिलो पटक सन् १९८८ मा राष्ट्रपतिको उम्मेदवारको दाबेदारका रुपमा आफूलाई उभ्याएका थिए । त्यसपछि उनी दोस्रो पटक २००८ मा राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको दौडमा थिए । त्यसबेला उनी बाराक ओबामासँग पछि परे ।

तर ओबामाले उनको अनुभव र देश विदेशमा रहेको सम्मानका कारण आफ्नो उपराष्ट्रपतिको रुपमा अघि बढाए र दुवै कार्यकालमा जो बाइडेन उपराष्ट्रपति बने । ओबामाले बाइडेनलाई हालसम्मकै सर्वश्रेष्ठ उपराष्ट्रपति घोषित गरेका थिए ।

२०१७ सम्म उपराष्ट्रपति बनेका बाइडेन यो वर्ष राष्ट्रपति बन्नका लागि तेस्रो पटक मैदानमा होमिएका थिए । यस वर्ष उनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै देशको ४६ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनलाई विजयी बनाउन ट्रम्पसँग निराश भएका र ओबामालाई दुई कार्यकाल अमेरिकाको अश्वेत राष्ट्रपति बनाउन भूमिका खेलका मतदाता निर्णायक देखिए ।

सन् १९८८ मा राष्ट्रपति वदको उम्मेदवार बन्ने क्रममा उनीमाथि ब्रिटिस लेबर पार्टीका तत्कालीन नेता नील किनाकको भाषणको लाइन चोरेको आरोप लाग्यो । यसपछि सन् १९९१ मा सिनेटको न्यायिक समितिको अध्यक्ष पद पनि विवादित बन्यो ।

उनीमाथि अनिता हिल नामकी महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । १९९३ मा बाइडेनमाथि सिनेटकी पूर्वकर्मचारी तारा रेडेले यौन उत्पीडनको आरोप लगाइन् । सन् १९९४ मा विवादित क्राइम विधेयक तयार गर्नेमा बाइडेन पनि एक थिए ।

जसले ठूलो संख्यामा बन्दीको संख्या बढ्ने, लामो सजाय सुनाउने र बढीभन्दा बढी जेल बढाउन जिम्मेवार मानिन्छ । २०१२ मा उनले एलजीबीटी समुदायको समर्थन गरे ।

बाइडेनलाई पहिलो पटक सिनेटर बनेको खुसी ठूलो दुःख लिएर आएको थियो । यसलगत्तै उनकी पहिली पत्नी निलिया र छोरी नाओमीको सडक दुर्घटनामा मृत्यु भएको थियो । तर यो दुर्घटनामा उनका जुम्ल्याहा छोरा बियु र हन्टर यो दुर्घटनामा बाँच्न सफल भएका थिए ।

त्यसक्रममा उनी अस्पतालमा आफ्ना छोराको हेरचाहमा बसेकै बेला सिनेटरको शपथ लिएका थिए । बियुलाई उनको राजनीतिक करियरको उत्तराधिकारीको रुपमा हेरिएपनि उनको २०१५ मा मस्तिष्क क्यान्सरका कारण मृत्यु भएको थियो ।

यी दुई घटनाका कारण पनि बाइडेनलाई ओबामाको चर्चित ‘पर्सनल केयर पोलिसी’ को ठूलो समर्थक मानिन्छ । जसलाई उनले आफू राष्ट्रपति बनेमा पुनः अघि बढाउने बाचा गरेका छन् ।

सम्बन्धित समाचार

बथनाह–कटहरी रेल्वे मार्गको काम अन्तिम चरणमा

विराटनगर, ८ साउन । भारतको बथनाहदेखि विराटनगरसँगै जोडिएको मोरङको कटहरीसम्म रेल्वे मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रेल्वे मार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनका लागि तयार भएको छ । दुई मुलुकबीचको प्रशासनिक काम...

‘प्रदेशका कानुन दराजमै थन्किए‘

विराटनगर, असार ३०–प्रदेश १ मा बनाइएका अधिकाँश कानुन दराजमै थन्किएको सांसदहरूले गुनासो गरेका छन् । आजको प्रदेशसभा बैठकमा सांसदहरूले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरेका हुन । सांसद केदार कार्कीले लोकसेवा सम्बन्धमा कानुन...

विद्युतीय माध्यमबाट काम गर्न सकिने निजी कार्यालय बन्द गर्न सरकारको आह्वान

सरकारले घरमै बसेर काम गर्न सकिने निजी कार्यालयहरू बन्द गर्न आह्वान गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमको प्रयोग गरी काम गर्न सकिने कार्यालयहरू बन्द गर्नका...

अनुशासन नभएका ब्यक्ति खेल क्षेत्रमा नबस्नुस् : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् ।  कुनै ओहदामा भएर...

सुन्दरहरैँचा मेयरकप फुटवलः पथरीशनिश्चरे फाइनलमा

विराटनगर, ११ वैशाख । मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै पथरिशनिश्चरे नगरपालिका फाईनलमा प्रवेश गरेको छ । मोरङको सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा...

प्रधानन्यायाधीशमाथि शीघ्र छानबिन गर्न नागरिक समूहको अपिल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायमको माग राख्दै नागरिक अपिल जारी भएको छ । सोमबार अर्चना थापा, अञ्जना शाक्य, अनिता थपलियालगायतले नागरिक अपिल जारी गर्दै प्रधानन्यायधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक...

तेली समाजको महिला कमिटि मोरङमा गठन, अध्यक्षमा अम्बिका साह

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला महिला कार्यसमिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको प्रथम महिला भेलाबाट विराटनगर ८ की अम्बिका साहलाई अध्यक्षमा चयन गरिएको हो । साहको अध्यक्षतामा १५ सदस्यिय समिति...

बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ । शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्