इनोभेटिभद्वारा विराटनगरमा आयोजित रक्तदानमा ३७ पिन्ट रगत संकलन - News Birat

इनोभेटिभद्वारा विराटनगरमा आयोजित रक्तदानमा ३७ पिन्ट रगत संकलन

न्यूज विराट

विराटनगर, ३० चैत । लायन्स क्लव अफ विराटनगर इनोभेटिभ र इनोभेटिभ स्टार विराटनगरको आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा ३७ पिण्ट रगत संकलन भएको छ ।

विराटनगर स्थित भानु कलेजको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ पिण्ट रगत संकलन गरिएको हो । समाजमा रगतको अभाव हुन नदिने उद्ेश्यले रत्तदान कार्यक्रमको आयोजना गरिएको इनोभेटिभ क्लवकी अध्यक्ष रन्जु कोइरालाले बताइन् । उनले भानु कलेजका अधिकांश छात्र÷छात्राहरुले रत्तदान गरेको बताइन् ।

आज संकलन गरिएको रगत मध्ये ९ पिण्ट रगत विराटनगरका विभिन्न अस्पतालहरुमा उपचाररत विरामीहरुलाई प्रदान गरिएको नेपाल रेडक्रसका प्रतिनिधि जितेन्द्र देवले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles