पूर्वी नाकामा अलपत्र नेपालीलाई प्रकृया पुर्याएर नेपाल प्रवेश ः मुख्यमन्त्री राई

 न्यूज विराट
पूर्वी नाकामा अलपत्र नेपालीलाई प्रकृया पुर्याएर नेपाल प्रवेश ः मुख्यमन्त्री राई

विराटनगर, चैत १०–प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाकामा अलपत्र परेका नेपाली नागरिकलाई प्रक्रिया पुराएर नेपाल प्रवेश गराउने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाको स्थलगत निरीक्षण गर्दे मुख्यमन्त्री राईले अलपत्र नेपाली नागरिकलाई नेपाल प्रवेश गराउनका लागि केन्द्र सरकार र गृह मन्त्रालयसँग कुरा गरिएको जानकारी दिए ।

नाकाबाट आएका नेपालीहरुले क्वारेन्टाइनमा बस्नु पर्ने उनले बताए । मुख्यमन्त्री राईले संक्रमणबाट बच्न प्रदेश सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग गर्ने पनि बताए । उनले कोरोना भाइरसका संक्रमितहरुलाई उपचारका लागि प्रदेश १ मा एकसय वटा आइसोलेशन बेड तयार रहेको पनि बताए ।

सरकारले हिजो एक हप्ताका लागि चीन र भारतका सबै नाका बन्द गर्ने निर्णय गरेको थियो । नाका बन्द गर्ने निर्णयसँगै नेपाल र भारतबाट आवतजावत गर्ने सर्वसाधारणको नाकामा घुइँचो लागेको छ । रोकिएका नेपालीहरुले नेपाल प्रवेशका लागि सहजीकरण गरिदिन स्थानीय प्रशासनसँग अपिल गरेका छन् । सीमामा अलपत्र परेका अधिकांश भारतका विभिन्न सहरमा काम गरेर फर्किएका हुन् भने केही बंगलादेशबाट फर्किएका विद्यार्थीहरु हुन ।

सम्बन्धित समाचार

कडा निगरानीमा उपत्यकाका सडक

काठमाडौं, १ जेठ-उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नागरिकको आवतजावतमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वितरण गरेका पाससमेत रद्द गरेको सरकारले सडकमा सुरक्षाकर्मीको संख्यासमेत बढाएको छ । शनिबारदेखि लागू हुनेगरी पास रद्द गरेको सरकारले आजैबाट सडकमा आउजाउमा...

युवाको क्षमता बढाउन जेसीजको भूमिका महत्त्वपूर्ण

विराटनगर । जेसीजले समाजमा रहेका युवालाई अघि बढाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।विराटनगर जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्तर्गत बिहीबार चौथो दिनको कार्यक्रम ‘प्रहरी सँग जेसीजका युवा’...

अरनिको कलेजद्धारा विद्यार्थी विदाइ

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाइ विधाई गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको हो । कलेजमा अध्यनरत करिव ८ सय ५०...

पर्सामा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ९ भदौ-पर्सामा मृत्यु भएका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ । वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाँउपालिका- ४ सुपौलीका ६८ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएको...

शंंकास्पद ५ सय ६९ को कोरोना परीक्षण, अहिलेसम्मका सबै नेगेटिभ

सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना...

जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण

जनकपुर, ३१ वैशाख-जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

सर्वदलीय सरकारका लागि तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । जारी प्रदेशसभामा कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्