विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।
जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डे«गानसँग प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६ औं मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए । आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारलले जाली चुमेको थियो । पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५ औं मिनेटमा आफिजले गोल गरी टिमको जित सुनिश्चत गरे । डिबक्स भित्र बैकल्पीक खेलाडी सुदिप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोलमा परिणत भयो ।
आर्मीले खेल सुरु भएको ६ मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका दिनेश हेमजुङको कडा प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले उत्कृष्ट बचाए । आर्मीका जिलेस्पी जंग कार्कीले १३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यसलगतै दिनेशले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन् । १६ औं मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुके । ४० औं मिनेटमा जय गुरुङले निकालिदिएको वान भर्सेस वानको प्रहार एनआरटीका रिचार्डले गोल गने अवसर गुमाएका थिए । त्यसलगतै उनको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले डिफ्लेक्ट हुँदै बाहिरियो । दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो । ५२ औं मिनेटमा जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले बराबारीमा ल्याउन सकेन । ६५ औं मिनेटमा एनआरटीका संजीव विष्टले वान भर्सेस वानको प्रहार पोस्ट माथिबाट जाँदा थप गोल गर्ने अवसर खेर फाले । ७३ औ मिनेटमा आर्मीका युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो । ८६ औं मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट एनआरटीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरुले चुकाउँदा हार व्यर्वहनु परेको बताए । ‘नियमित खेलहरु भइरहेको कारणले धेरै नयाँ खेलाडीहरु छन् । राम्रै खेल्दाखेल्दै पनि पाएको अवसर चुकाउँदा हार्नुपर्यो,’ उनले भने ।
जितपछि एनआरटीका सहायक प्रशिक्षक आशिष थापामगरले खेलाडीको राम्रो टिमवर्क भएकोले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताए । ‘केटाहरुले धेरै मेहनत गर्दा नतिजा राम्रो आएको छ,’ उनले भने, ‘क्वाटरफाइनलमा थप नयाँ खेलाडी राखेर राख्नेछौं ।’
प्लेरअफ द म्याच एनआरटीका आफिज ओलावाले घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शनिबार पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच हुनेछ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य सूची घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आयल निगमलाई मूल्य घटाएर पठाइएको हो । शनिबार आएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५...
काठमाडौं, १२ साउन-अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको...
राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदका दुवै अधिवेशन अन्त्य गरेकीछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले २४ चैतदेखि लागु हुनेगरी अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । यसअघि सरकारले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...
विराटनगर । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले विराटनगरस्थित विराट नर्सिङ होम ९विराटनगर अस्पताल० मा जन्माएकी तिम्ल्याहा नवजात शिशुलाई हस्पिटलले बचाएको छ । हस्पिटलका वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डा. दिपराज अधिकारीको...
प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,...
भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना यात्रु गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार बसमा चालक र सहचालकसहित मध्यप्रदेशको पन्ना जिल्लाका २८ तिर्थयात्री सवार थिए । उनीहरू...
इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...
विराटनगर । विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा प¥यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी...