कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

 न्यूज विराट
कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क  वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका हुन । टोलगत रुपमा प्रतिनिधिमार्फत मास्क वितरण गर्ने प्रबन्ध गरिएको हो । कोइरालाले केही टोलहरुमा भने स्थानीयलाई आफैं गएर मास्क वितरण गरेका थिए ।

तर कोरोना संक्रमण खतराको बेला धेरै समूह भेला हुन नहुने भएकोले प्रतिनिधिमार्फत घर घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको कोइरालाले जनाए । भने,‘जनचेतनाका लागि मात्र मास्क र कोरोनाबाट बच्न सकिने उपाय छापिएको पर्चा लिएर टोल पुगेको हुँ ।’ उनले यस्तो संकटको बेला सबैले आ–आफ्नो घरमा बस्नुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले जनचेतनाका लागि सानो प्रयास गरिएको बताए । वडाका उत्तरबखरी, दक्षिण बखरी, पान्चाली, रोडशेष चौक, मझुवा, दरहैया आदर्श टोल, गढा टोल, कोशी प्रोजेक्ट, सिकियाही, मलहनुवा, कृष्ण मार्ग र सगरमाथा टोलमा मास्कसंगै दुई दुई थान साबुन पनि वितरण गरिएको कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र गोल्छाले जानकारी दिएका छन् । मास्क वितरणलाई निरन्तरता दिइएने गोल्छाले बताएका छन् ।

सम्बन्धित समाचार

अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषण उच्च भएका कारण सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘बालबालिकालाई असर गर्ने भएकाले चार दिन विद्यालय...

आज १९४५ संक्रमित थपिए, ५३६४ जना डिस्चार्ज

काठमाडौं, ५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या...

बुद्धोदयको आम्दानी १ करोड ५८ लाख

विराटनगर, १८ मंसिर–विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको आम्दानी गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको...

सर्वोच्चमा अबदेखि मुद्दाको पेसी गोलाप्रथाबाट

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो । बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी...

प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

देउवाले उठाए सीमासम्बन्धी मुद्दा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताएका छन् । दिल्लीस्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्तरूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई...

अबको जोड कोरोना संक्रमण पत्ता लगाउन केन्द्रीत:मुख्यमन्त्री राई

विराटनगर, २८ चैत–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताएका छन् । ‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लँडाईमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण...

राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना हुँदै

काठमाडौं, फागुन ११–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसको अवसरमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गर्ने भएको छ । वैशाख २ गतेबाट सुरु हुने प्रदर्शनी तीन हप्तासम्म चल्ने प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जानकारी दिए । आइतबार पत्रकार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्