राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना हुँदै

 न्यूज विराट
राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना हुँदै

काठमाडौं, फागुन ११–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसको अवसरमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गर्ने भएको छ । वैशाख २ गतेबाट सुरु हुने प्रदर्शनी तीन हप्तासम्म चल्ने प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जानकारी दिए । आइतबार पत्रकार भेटघाट आयोजना गर्दै बबरमहलस्थित नेपाल कला परिषदमा प्रदर्शनी गर्न लागिएको प्रतिष्ठानले जानकारी दिएको हो ।

प्रदर्शनीमा राखिने विभिन्न कलाकारको कलाकृति एक महिनाभित्र प्रतिष्ठानमा बुझाउन माघ १४ मा सूचना प्रकाशन गरिसकेको कुलपति कर्माचार्यले बताए । उनका अनुसार कलाकृति पठाउनु पर्ने अन्तिम मिति फागुन १३ तोकिएको भए पनि ७ दिन म्याद थप गरिएको छ । थप समयभित्र कलाकृति उपलब्ध गराइदिन सबै कलाकारलाई प्रतिष्ठानले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

विजेतालाई विभिन्न विधामा ललितकला, कला लेखन र प्रादेशिक पुरस्कार प्रदान गरिने छ । ललितकला पुरस्कारअन्तर्गत चित्रकला, मूर्तिकला, हस्तकला, शिल्पकला, लोककला, वास्तुकला र सिर्जनात्मक कलाका विधा रहेका छन् । त्यसैगरी, कला लेखन र प्रादेशिक पुरस्कारको पनि प्रतिष्ठानले घोषणा गरेको छ ।

प्रदर्शनी प्रतियोगी र अप्रतियोगी गरी दुई किसिमको हुने कुलपति कर्माचार्यले जानकारी दिए । ‘अप्रतियोगी प्रदर्शनीमा सबैले भाग लिन पाउनेछन् । उत्कृष्टलाई सम्मानस्वरुप पुरस्कार प्रदान गरिने छ,’ उनले भने, ‘प्रतियोगीहरुले उल्लेख गरिएअनुसार पुरस्कार पाउनेछन् ।’ प्रदर्शनीमा करिब ५ सय कलाकृति रहने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्