बिहीबार सबै अदालत बन्द

 न्यूज विराट
बिहीबार सबै अदालत बन्द

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार दिउँसो बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मिएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका हुन् । उनी उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानुनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।

सम्बन्धित समाचार

टिभिएसको एक्सचेन्ज मेलामा दश लाख जित्ने पाण्डेलाई नगर परिक्रमा

विराटनगर । विराटनगर मुनाल पथ स्थित पन्जाबी पेट्रोल पम्प अगाडी भएको टिभिएसको ग्राण्ड एक्सचेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दश लाख नगद जितेका पाण्डेलाई नगर परिक्रमा गराएको छ । टिभिएसको मोटरसाइकलमा राखेर पाण्डेलाई नगर...

विराटनगरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)

विराटनगर । झी : पुच विराटनगरले गाईजात्रा पर्व मनाएका छन् । विराटनगरमा मंगलबार सामुहिक गाईजात्रा निकालेको हो । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको...

मुख्यमन्त्री कार्कीले शनिबार लिने विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिवार विश्वासको मत लिने भएका छन् ।प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२...

आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार-काठमाडौंका सहित देशका विभिन्न स्थानमा आज ४२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ महिला र ३३८ पुरुष...

दाना-कुश्मा खण्ड प्रसारण लाइन असारभित्र संचालनमा ल्याइने

काठमाडौं, १० जेठ-कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्माखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण पालना...

को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...

संघीय संसदमा चुच्चे नक्सासहितको नयाँ लोगो अध्यावधिक

काठमाडौं, १३ जेठ-संघीय संसद्को पुरानो लोगो प्रतिस्थापन गरेर नयाँ लोगी अध्यावधिक गरिएको छ । सरकारले नयाँ नक्सा जारी गरेर कार्यान्वयनमा लाएपछि सोहीअनुसार संघीय संसदमा पनि नयाँ लोगो अध्यावधिक गरिएको हो । मंगलबारदेखि संघीय संसद प्रतिनिधिसभा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्