को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

 न्यूज विराट
को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना संक्रमणको नतिजा पोजेटिभ छैठौं नेपाली ४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ६५ वर्षीया वृद्धा रहेको पुष्टि गरेका हुन् । उनी कतार एयरवेजको विमान क्युआर ६५२ मार्फत नेपाल आएकी थिइन् ।

यसअघि बाग्लुङकै एक १९ वर्षीया किशोरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती किशोरी र वृद्धा आफन्त भएको बताइएको छ । उनीहरु दुवै जना बेल्जियमबाट कतार हुँदै नेपाल आएका हुन् ।

काठमाडौैं आएर उनीहरु यति एयरलाइन्सको विमानमार्फत पोखरा हुँदै बाग्लुङ पुगेका हुन् । नेपाल आएपछि उनीहरुले केही आफन्तहरुसँग पनि भेटघाट गरेका थिए ।

तर १९ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएपछि ती वृद्धा क्वारेन्टाइनमा बसेकी थिइन् । बेल्जियमबाट फर्किएकी उनमा सुरुमा कुनै लक्षण थिएन । तर अब कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बाग्लुङ अस्पताल भर्ना गरिने भएको छ ।

सम्बन्धित समाचार

श्रीलंकाको बाटोमा पाकिस्तान

काठमाडौं । पाकिस्तानले आर्थिक संकटसँग जुध्नका निमित्त संयुक्त राज्य अमेरिकासँग मद्धतको अपिल गरेको छ । अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सका अनुसार पाकिस्तान आर्मीका चिफ कमर जावेद बाजवाले अमेरिकाका उप-विदेश मन्त्री वेन्डी सरमनसँग अन्तराष्टिय मुद्रा कोषबाट पाकिस्तानलाई...

एक परिवारलाई मासिक १ सिलिण्डर

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...

अफगानिस्तानबाट भाग्न जहाजको पांग्रामा झुण्डिएका दुई जना खसे

तालिबान लडाकुले अफगानस्तिान कब्जा गरेसँगै काबुलस्थित हमिद कारजाई विमानस्थलको स्थिति भयावह भएको छ । विमानस्थलमा कुनै सिस्टमबिना जहाज चढ्नेहरूको भिड बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान चढ्न नपाएपछि पांग्रामा झुण्डिएका दुई जना खसेको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र...

सुनिल थापा कांग्रेस सहमहामन्त्रीमा मनोनित

काठमाडौं, २८ कात्तिक-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवेश गरेका सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा मनोनीत गरेको हो । राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका थापाले आफ्नो...

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा

काठमाडौं, ११ भदौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको छ । उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का,...

महामन्त्रीमा चुनाव हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने गगन थापाको घोषणा

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा पुनः निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार...

भारतमा ४ जेठसम्म लकडाउन लम्बियाे

एजेन्सी, बैशाख १९-वैशाख-भारत सरकारले लकडाउनको अवधि थप २ साता बढाएर ४ जेठसम्म पुर्‍याएकाे छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र...

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्