विराटनगर महानगरले कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारी: पराजुली

 न्यूज विराट
विराटनगर महानगरले कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारी: पराजुली

विराटनगर, ७ माघ । विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ ।

महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन शय्याको व्यवस्थापन तथा सीमा नाकामा एक दर्जन चिकित्सक परिचालन गरी एन्टिजेन परीक्षणको दायरा बढाउनाका साथै आवश्यक हेल्थ डेस्कको व्यवस्था मिलाइएको बताएका हुन् ।

उनले विराटनगर रानीस्थित भारतीय सीमा नाका भएर नेपाल प्रवेश गर्ने सम्पूर्ण व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिए ।यसैगरी महानगरपालिकाका १९ वटै वडामा खोप केन्द्रमार्फत नियमित खोपको व्यवस्था मिलाउनाका साथै कोभिडविरुद्ध सचेतना फैलाउन माइकिङ, पर्चापम्प्लेट तथा माक्स वितरणलगायत स्वास्थ्य जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको महानगर प्रमुख पराजुलीले बताए ।

कोभिड सङ्क्रमणको सङ्ख्या वृद्धिसँगै खोप लगाउन आउनेहरुको चाप बढ्दै गएकाले खोप केन्द्र विस्तार गर्ने तयारीमा महानगरपालिका रहेको उनको भनाइ थियो । यसअघि खोप लगाउनेको सङ्ख्या कम भएकाले खोप केन्द्रमा भीडभाड थिएन तर अहिले खोप लगाउनेको चाप एक्कासि वृद्धि हुँदा खोप केन्द्रमा भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्न महानगरपालिका लागिरहेको जानकारी दिँदै महानगर प्रमुख पराजुलीले नियमित खोपको व्यवस्थासँगै पिसिआर परीक्षण सङ्कलनको कार्यलाई समेत निरन्तरता दिइरहेको बताए ।

प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड व्यवस्थापन नियन्त्रण रोकथामका लागि कसले के गर्ने भन्ने विषयमा सबैलाई आ–आफ्नो जिम्मेवारी दिइएकाले काम गर्न सहज भएको उहाँको भनाइ थियो ।कोभिड ओमिक्रोन छिटैै फैलिने भएकाले यसलाई सामान्य रुपमा नलिन र स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गर्दै महानगर प्रमुख पराजुलीले आगामी दिनमा ओमिक्रोनको असर धेरै बढ्नसक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउँदै अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिए

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College