एसईई परीक्षा स्थगित

 न्यूज विराट
एसईई परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सरकारलाई एसईई रोक्न अनुरोध गर्ने निर्णय गरेको थियो । बिहीबारदेखि एसईई परीक्षा सुरु हुँदै थियो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पूरक बैठक बसेर उक्त निर्णय गरेको नेकपा सचिवालयले जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि समितिले जारी गरेको १६ बुँदे निर्णयमा एसईई परीक्षा सुरक्षित एवं व्यवस्थित रूपमा सम्पन्न गर्ने गरी प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गर्ने बताएको थियो । बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College