संविधान संशाेधन प्रस्ताव दर्ता गर्दै राजपा - News Birat

संविधान संशाेधन प्रस्ताव दर्ता गर्दै राजपा

न्यूज विराट

काठमाडाैं, १६ जेठ-राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । शुक्रबार साँझ संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारीस्वरूप साे पार्टीका नेताहरू अहिले छलफलमा छन् ।

राजपाका नेता केशव झाले संविधान संशोधन प्रस्ताव दर्ता गर्नुअघि शीर्ष नेताहरूबीच छलफल भइरहेकाे बताए । सरकारले संविधानकाे अनुसूचीमा समेटिएकाे त्रुटिपूर्ण नक्सा सच्याउन संविधान संशाेधनकाे तयारी गरिरहेका बेला राजपाले यस्ताे प्रस्ताव लैजान लागेकाे हाे । राजपासँग एकता गरेकाे समाजवादी पार्टीका नेताहरूले भने संविधान संशाेधन प्रस्ताव लैजानेबारे अनभिज्ञता प्रकट गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles