मेयर नै आन्दोलनमा - News Birat

मेयर नै आन्दोलनमा

न्यूज विराट

जनकपुर, माघ २१–पत्रकार कुटपिट प्रकरणमा आफूनिकटका व्यक्ति पक्राउ परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आन्दोलनमा उत्रिएका छन् । साहनिकट मानिने धर्मेन्द्र साहलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । नगर प्रमुख साह धर्मेन्द्रलाई छुटाउन आफंै प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले छोड्न नमिल्ने बताएपछि मेयर साहले जनकपुरधाममा आन्दोलन सुरु गरेका छन् ।

उनी चक्काजामसहितको आन्दोलनमा उत्रिएका हुन् । नगर प्रमुख साहको यस्तो गतिविधिप्रति चौतर्फी आलोचना भइरहेको छ । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरको फूलबारी अतिक्रमणमा ८५ लाख रुपैयाँको चलखेल भएको आरोप जनकपुरधामका एक वडाध्यक्षले लगाएपछि नगर प्रमुख साह आलोचित बनेका थिए । यही विषयमा प्रतिक्रिया लिन गएका आधा दर्जन पत्रकारमाथि नगर प्रमुख साहकै अगाडि कुटपिट भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles