राशिफल

‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ सुरू, १९ देशका खेलाडी सहभागी

 न्यूज विराट
‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ सुरू, १९ देशका खेलाडी सहभागी

पोखरा, फागुन ११–पोखरामा ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर- २०२०’ तथा ‘१९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप’ आइतबारबाट सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा प्याङग्लाइडिङ संघ (नेफा) र नेपाल पाइलट क्लबको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा १९ देशका ८९ जना खेलाडीको सहभागिता रहेको नाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार फ्रान्स, बेल्जियम, रसिया, काजकस्तान, अमेरिका, जापान, दक्षिण कोरिया, इण्डोनेसिया, इरान, स्विट्जरल्याण्ड, भारत, बंगलादेश, जर्मनीलगायत १९ देशका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतियोगिताको प्रवर्द्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।

दिएको टास्क सबैभन्दा छोटो समयमा पूरा गर्ने खेलाडी प्रतिस्पर्धामा छनोट हुनेछ । प्रतियोगितामा ओभरल च्याम्पियन, महिला च्याम्पियन, नेपाली च्याम्पियनतर्फ पहिलोदेखि पाचौँ स्थान सम्मका विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता फागुन १७ गतेसम्म चल्नेछ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...