महाधिवेशन कब्जा गर्ने दाउमा देउवा र पौडेल

 न्यूज विराट
महाधिवेशन कब्जा गर्ने दाउमा देउवा र पौडेल

काठमाडौं, फागुन २२–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र असन्तुष्ट नेता रामचन्द्र पौडेल १ वर्षपछि हुने भनिएको पार्टीको १४औँ महाधिवेशन आफ्नो पक्षलाई बलियो रूपमा उभ्याउन आआफ्नो रणनीति र योजनामा लागेका छन् ।

पार्टीमा देखिएको गुटगतरसमूहगत विवाद र किचलो निराकरणभन्दा बढोत्तरी भइरहेको छ । १ चैत २०७२ देखि पार्टी सभापतिको हैसियतले पदभार ग्रहण गरेका देउवाले ४ वर्षे कार्यकाल समाप्त हुनै लाग्दा केन्द्रीय विभागीय प्रमुख र आमन्त्रित केन्द्रीय सदस्यहरूको मनोनयन भटाभट गरिरहेका छन् ।

देउवाले १७ फागुनमा असन्तुष्ट नेता रामचन्द्र पौडेलको सहमतिबेगर नै १३ केन्द्रीय सदस्यलाई विभागीय प्रमुख बनाए । उनको यो नियुक्तिलाई लिएर पौडेल र महामन्त्री डा. शशांक कोइरालासहितका नेताले आपत्ति जनाए । तर, शक्ति र पदमा बसेर आफ्नो नेतृत्व बलियो बनाउन अनेकौँ राजनीतिक चलखेल गर्न माहिर देउवाले २ महिनाअघि असन्तुष्ट नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूहसँग गरेको सहमति तोडेका छन् ।

सम्बन्धित समाचार

संखुवासभाबाट ५ विदेशी पर्यटकको उद्धार

संखुवासभाको सभापोखरी गाउँपालिकाबाट पाँच विदेशी पर्यटकको उद्दार गरिएको छ । सभापोखरी–२ बाह्रेविसे मकालु हिमाल ट्रेकिङका लागि आएका ५ विदेशी पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरिएको हो । अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिकलाई...

इतिहास रच्दै फर्किइन् तेक्वान्दोकी सजिना, विराटनगरमा सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् ।मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका –...

मोरङको ग्रामथान अध्यक्षमा माओवादीका नमो नारयण माझी निर्वाचित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन् । निर्वाचित...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय ४५ संक्रमित थपिए

विराटनगर, २८ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरङमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १÷१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक...

प्रचण्ड र प्रचण्डपथ अव बिलाएर जान्छ : ओली

काठमाडौं, भदौ ३१ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड अव बिलाएर जाने ठोकुवा गर्नुभएको छ । एमाले काठमाडौंले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो...

राहतमा कुहिएको दाल बाँड्ने वडाध्यक्ष पक्राउ

जनकपुर, ८ वैशाख-कुहिएको दाल राहतमा बाँडेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका ३ जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश...

दिनदहाडै विराटनगरमा लुटपाट, निर्माण व्यवसायी कर्णको अफिसबाट १४ लाख बढी रकम लुटियो

विराटनगर । विराटनगर – ३ मोर्डन एरा स्कुल अगाडीबाट दिनदहाडै लुटपाट भएको छ । निमार्ण व्यवसायी बिवेक कर्णको अपिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको बताएका छन् । मोटसाइकलमा आएका...

सिरहामा ‘फुड बैंक’ स्थापना

सिरहा,  ११ भदौ-सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्