काठमाडौं, ३ असार-बुधबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकै दिन ५८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार ४० जना महिला र ५४६ जना पुरुष गरि ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । जसमध्ये ५३९ जना महिला र ६ हजार ६३८ जना पुरुष रहेका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या १ हजार १६७ पुगेको छ । जसमध्ये ११२ जना महिला रहेका छन् र १०५५ पुरुष रहेका छन्