पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना डिस्चार्ज, १७७ संक्रमित थपिए - News Birat

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना डिस्चार्ज, १७७ संक्रमित थपिए

न्यूज विराट

विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३ सय ८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना संक्रमणमुक्त भएका हुन् । योसँगै प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ८३ पुगेको छ ।

प्रदेश १ मा आइतबार १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा आठ, सोलुखुम्वु र उदयपुरमा तीन÷तीन, पाँचथर र ताप्लेजुङमा दुई÷दुई र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २–२, ग्रामथान, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका एक÷एक, झापाको झापा गाउँपालिकामा १४, दमकमा नौ, अर्जुनधारामा छ, विर्तामोडमा, भद्रपुर र हल्दिबारीमा दइ÷दुई, गौरीगञ्ज, कनकाई र गौरादहमा एक÷एक, इलामको इलाम नगरपालिकामा २०, देउमाईमा एक, सुनसरीको इटहरीमा १०, इनरुवामा तीन, बराहक्षेत्र र देवानगञ्जमा दुई÷दुई, हरिनगर र दुहवीमा एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

उता संखुवासभाको खाँदबारीमा चार, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा एक÷एक, सोलुखुम्वुको थुलुङ दुधकोशीमा तीन, उदयपुरको त्रियुगामा दुई, चौदण्डीगढीमा एक, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका एक÷एक, ताप्लेजुङको फुङलिङमा दुई र र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या २७ हजार ३६ पुगेको छ ।

प्रदेश १ मा आइतबार ८ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७४ महिला र १ सय ३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ९० हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles