कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित धरानमा २ पक्राउ

 
कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित धरानमा २ पक्राउ

सुनसरी–सुनसरीको धरान उप–महानगरपालिका ८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरीबाट धरानतर्फ जादैगरेको को २ च १०२१ नम्बरको कारलाई चेकजाँचगर्ने क्रममा धरान १५ बस्ने बर्ष ३९ को रुभिन श्रेष्ठ र उक्तकारमा सवार धरान २ बस्ने बर्ष ५६ को बनबरिलाल शर्माले लुकाइ छिपाईल्याउदै गरेको अवैध लागुऔषध लाईलेक्स २८ बोतल फेला पारेको थियो । लागुऔषध सहित पक्राउ परेका दुबैजना र कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

साढे १७ लाखको काठ घोटला प्रकरण : पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु फरार भएका छन् ।डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना...

पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

काठमाडौं, १० साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका...

मोरङको आमतोलामा टयाक्टर दुर्घटना : दुई जनाको मृत्यु , १५ घाईते

विराटनगर । मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका...

आन्दोलित विराटनगरका उद्योगी÷व्यवसायीलाई अर्थमन्त्री शर्माले काठमाडौं बोलाए

विराटनगर, २६ जेठ । बजेटले स्वदेशी उद्योगहरु धारासायी हुने अवस्थामा पुग्ने भन्दै आन्दोलित बनेका पूर्वका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनद्र्धन शर्मामाले काठमाडौं बोलाएका छन् । अर्थमन्त्री शर्माले मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग...

उखु किसानले सबै रकम भुक्तानी पाएनन्, आन्दोलनमा जाने चेतावनी

काठमाडौं, ५ माघ ।सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले साढे ४७ करोड भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ ।...

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यस प्रकारको घटना सार्वजनिक भएको हो । रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर...

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने दिन एमाले र राप्रपाका ८ जना ज्येष्ठ सांसद अनुपस्थित रहने

विराटनगर । सरकार बनाउने र ढाल्ने खेल चलिरहेको कोशी प्रदेशमा पुनः त्यस्तै खेल दोहोरिने निश्चित भएको छ। सरकार बनाउन यसअघि सत्ता गठबन्धनले खेलेको खेल आइतबारबाट मुख्य विपक्षी नेकपा एमाले र राप्रपाले दोहोर्याएका छन् । सोमबार...

कोरोनाविरुद्ध होमियो पैथिक चिकीत्सक प्रयोगगर्न आग्रह

विराटनगर,३१ बैशाख ,कोरोना संक्रमणले विश्व आक्रान्त भईरहेको बेला होमियो प्याथीक उपचारलाई पद्धतीलाई उपयोग गर्न चिकीत्सकहरुले सरकार संग माग गरेका छन । एलोपेथिक उपचार विधि भन्दा होमियो पैथिक उपचार पद्धती निकै प्रभावकारी रहेको जनाउदै नेपाल होमियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्