प्रदेश-२ सरकारले संचालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा सवा करोडभन्दा बढी सहयोग भएको छ । प्रदेश-२ का प्रदेशबासीमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा गरिने उपचार तथा यसको नियन्त्रण र न्यूनीकरणका लागि गरिने प्रयासका लागि सहयोग कोषको स्थापना गरिएको हो ।
प्रदेश २ को कोषमा विभिन्न संघ–संस्थाबाट सोमबार बिहानसम्म १ करोड ३१ लख ७५ हजार रुपैयाँ जम्मा भएको हो । सबैभन्दा बढी सहयोग बैंकहरूले गरेको छ । आज नेपाली कांग्रेसले ४० लाख ७५ हजार रुपैयाँ जम्मा गरेको छ । भाटभटेनी सुपर मार्केटले २५ लाख सहयोग गर्ने घोषणा गरे पनि अहिलेसम्म बैंकमा जम्मा गरेको छैन । सानो सहयोग गर्दा पनि मुख्यमन्त्रीले आफैँ रिसभ गर्ने गरेको देखिएको छ । साथै फोटो खिचाउने गरेका छन् । तापनि जुनरूपमा सहयोग आउनुपर्ने त्यो नआएको देखिएको छ ।