राशिफल

असन्तुष्टको सहमतिविना देउवाले गरे ७ विभागीय प्रमुख नियुक्त

 न्यूज विराट
असन्तुष्टको सहमतिविना देउवाले गरे ७ विभागीय प्रमुख नियुक्त

काठमाडौं, फागुन १९–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेताहरूको सहमतिविना नै पार्टीका ७ केन्द्रीय सदस्यलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन् । सभापति देउवाले विभाग गठनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहमति लिन खोजे पनि पौडेलले १४औँ महाधिवेशनको मिति घोषणा गरिसकेको अवस्थामा विभाग गठन नगर्न भनेका थिए ।

सभापति देउवाले संस्थापन पक्षधर केन्द्रीय सदस्यहरू एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपद् व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभाग र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...