डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

 न्यूज विराट
डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

न्युयोर्क, मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरुमा पनि फैलिएको हुन सक्ने अनुमान गर्नुभएको छ । ओमिक्रोन नियन्त्रण गर्न देशहरुले पर्याप्त तयारी नगरेको उहाँले बताउनु भयो ।

‘अहिले धेरैले नयाँ भाइरसलाई नजरअन्दाज गरेका छन् । ओमिक्रोनले गम्भीर असर नगरे पनि यसको अप्रत्यासित संक्रमण दर वास्तवमै चिन्ताजनक छ,’ उहाँले भन्नुभयो । ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक संक्रमितको संख्या पनि बढेको छ । स्वंयम राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड भएको छ र उहाँ अहिले आइसोलेसनमा हुनुहुन्छ ।

ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक भएको भन्दै केही देशले खोप अभियानलाई तीव्र पारेका छन।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College