राशिफल

पूर्वमन्त्री पण्डितद्धारा ऋषिदेव समुदायको ‘दिनाभद्री’ सामुदायीक भवन शिलान्यास

 न्यूज विराट
पूर्वमन्त्री पण्डितद्धारा ऋषिदेव समुदायको ‘दिनाभद्री’ सामुदायीक भवन शिलान्यास

विराटनगर, फागुन २–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितले मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित दिनाभद्री सामुदायीक भवनको शिलान्यास गरेका छन् । तराईको दलित समुदाय अन्तर्गत ऋषिदेव जातीको संस्कृती संरक्षणका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको तराई मधेश समृद्धि कोषबाट निर्माण हुने दिनाभद्री सामुदायिक भवनको शिलान्यास गरेका हुन् ।

पण्डितलेनै मन्त्रीपदमा रहँदा सो सामुदायीक भवनका लागि ४४ लाख रुपैयाँ बजेट बिनियोजन गरेका थिए । तराईका मधेशी, आदिवासी जनजाती, दलिम, महिला, मुस्लिमलगायतका सिमान्तकृत समुदायले सरकारले तराईको विकासमा उपेक्षा गरेको बारम्बार गुनासो गरेपछी सरकारप्रती अवनत्वको भावना जागृत गराउन पण्डितलेनै तराई मधेश सामृद्धि कार्यक्रमको आधारणा बनाएका हुन् ।

सोही कार्यक्रम अन्तर्गत ऋषिदेव समुदायका लागि निर्माण हुने सामुदायी भवनको पण्डितले शिलान्यास गरे । ऋषिदेव समुदायका जनताहरुको इक्छा र चासोलाई मध्यनजरगर्दै दिनाभद्री सामुदायिक भवनको पहल गरिएको पण्डितले बताए । सामुदायीक भवनले ऋषिदेव समुदायका जनताहरुलाई विवाहलगायत विभिन्न सामाजिक काममा सहज हुने मात्र नभई वर्षेनी आउने बाढी र प्राकृतिक विपत्तिबाट जोगिन समेत मदत पुग्ने पण्डितले दावी गरे ।

उनले तराई मधेश समृद्धि कार्यक्रम तीब्र गतिमा अघि बढेको बताउँदै तराईका जनताको गुनासो सम्बोधन भइरहेको दावी गरे । उनले लामो समय सम्म विकासको गतिमा पछि परेको तराई मधेशको पूर्वाधार र सामाजिक विकास उक्त कार्यक्रम मार्फत भइरहेको जानकारी दिए । उनले राजनिती जनताको सेवा भएकाले सोही अनुरुप आफ्नो निर्वाचनका क्षेत्रको चौतर्फी विकासमा लागि परेको बताए । सांसद पण्डितले चालु आर्थिक वर्षमा सो निर्वाचन क्षेत्र अन्तर्गत सवै विषयगत मन्त्रालय मार्फत अर्बौँ रुपैयाँ बजेट बिनियोजन भएकोसमेत जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले तराई मधेश समृद्धि कार्यक्रम मार्फत तराईका विभिन्न जिल्लामा सामुदायीक भवन निर्माणले विभिन्न जातजाती, भाषा, धर्म र सँस्कृतीको संरक्षण हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनमा जनताले पण्डितलाई सही जनप्रतिनिधिको रुपमा चुनेकालेनै मोरङ क्षेत्र नं. ६ को विकास तिब्र रुपले अघि बढेको बताए । पूर्वाधार मात्र नभई सो क्षेत्रको चौतर्फी विकासले फड्को मार्दै गएको उनले दावी गरे ।

कार्यक्रममा स्थानिय ऋषिदेव अगुवा सन्या ऋषिदेवले कुनैपनि सरकारले ऋषिदेव समुदायका लागि बजेट बिनियोजन नगरेको बताउँदै पण्डितले ऋषिदेवका लागि पनि सरकार रहेको अनुभुति गराएको बताए । कार्यक्रमा नेकपाका प्रदेश कमिटी सदस्य उपेन्द्र राय, जिल्ला कमिटी सदस्यहरु, स्थानिय दलित अगुवा, समासेवी बुद्धिजिवीलगायतको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...