प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा रहेका दलहरूमध्ये प्रतिपक्ष बेन्चमा रहेका दलहरूसहितको बैठक डाकेको छ । सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेशको विषयमा छलफल गरी साझा धारणा बनाउनका लागि बैठक डाकेको हो ।
दिउँसो २ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका संघीय समाजवादी, राजपा र राप्रपाका ३/३ जना प्रतिनिधि बोलाइएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
यसअघि कांग्रेसलगायतका सबै प्रतिपक्षी दलले अध्यादेश फिर्ता लैजान माग गरेका छन् । बुधबारको बैठकले अध्यादेशको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा साझा धारणा बनाउने जनाइएको छ ।