
सुर्खेत, १४ जेठ-कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएको हो ।
कर्णालीमा यसअघि २३ जनामा संक्रमण पुष्टि भएको थियो। थपिएका सँगै कर्णालीमा जम्मा संक्रमितको संख्या ३८ पुगेको छ । आज पुष्टि भएका सबै सुर्खेतको भएको बताइएको छ तर सबै संक्रमितको विवरण खुलाइएको छैन् ।