मध्य असारमा कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइ

 न्यूज विराट
मध्य असारमा कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइ

विराटनगर । कोशी प्रदेशको कुल धानखेती हुने क्षेत्रमध्ये १३.७१ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गत वर्ष यस अवधिमा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष भने गतवर्षको तुलनामा कम क्षेत्रफलमा रोपाइँ भएको हो ।

यद्यपि भर्खरै रोपाइँ सुरु भएको र प्रसस्त समय बाँकी रहेकोले मौसमले साथ दिएमा समयमै रोपाइँ हुने कृषि विकास निर्देशनालय विराटनगरले जानकारी दिएको छ ।

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार कोशी प्रदेशको उच्च पहाडी जिल्लामा सबै भन्दा बढी मध्य महाडी जिल्लामा २१.२१ प्रतिशत रोपाइ भएको छ । उच्च पहाडी जिल्लामा १७.४८ प्रतिशत धान रोपाइँ भएको छ भने सबै भन्दा कम तराईका जिल्लामा १०.७८ प्रतिशत धान रोपाइँ भएको छ । उच्च पहाडी जिल्लामा यस पटक पर्याप्त पानी परेका कारण बढी रोपाइँ भएको हो । धेरैको बिउ तयार नभएका कारण यस अवधिमा रोपाइँ गर्न नपाएका हुन् । अब केही दिन पानी परेको खण्डमा पहाडी क्षेत्रमा छिटै रोपाइँ सकिने अवस्था रहेको कृषि प्राविधिकहरुले बताएका छन् । तराईका जिल्लामा भने ब्याड राख्न ढिलो गरेका कारण धान रोपाइँ खासै सुरु भएको छैन । कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा हाल सम्म ३७ ८ सय ८० हजार ३६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

उच्च पहाडी जिल्लाका तिन जिल्लामा १५ हजार ३८३ हेक्टर क्षेत्रफलमा हुने धानखेती मध्ये १७.४८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मध्यपहाडी पहाडी जिल्लामा ६७ हजार ७१७ हेक्टर धानखेती योग्य क्षेत्रफलमध्ये २१.२१ प्रतिशत तथा तराईको १ लाख ९३ हजार २८५ हेक्टर मध्ये १०.७८ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।

पूर्वको प्रमुख बालीको रुपमा बर्खे धान रहेको छ । यस पटक समयमै पानी परेका कारण किसानहरु धान खेती सप्रिनेमा खुसी देखिएका छन् ।धानखेतीका लागि ब्याड राखेको २१ दिनभित्र रोपाइँ गर्दा राम्रो हुने र उत्पादन पनि बढ्ने कृषि प्राविधिकहरुले बताएका छन् ।

अन्नको भण्डार मानिने तराईको तीन जिल्लाहरु मध्ये अहिलेसम्म झापाको ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमध्ये ११.३५ प्रतिशतमा, मोरङको ६७ हजार ८१७ हेक्टर क्षेत्रफल मध्ये १० प्रतिशत र सुनसरीमा ४८ हजार ९०० हेक्टर क्षेत्रफल मध्ये ११ प्रतिशत मात्रै रोपाइ भएको छ । यस्तै इलामको ११ हजार ६२ हेक्टरमध्ये ३० प्रतिशतमा, पाँचथरको ५ हजार ८४८ हेकटर क्षेत्रफल मध्ये २९ प्रतिशतमा, ताप्लेजुङको ५ हजार ६६६ हेक्टर क्षेत्रफल मध्ये २९ प्रतिशतमा रोपाइ भएको छ ।
त्यस्तै धनकुटामा ४ हजार ९३८ हेक्टर क्षेत्रफल मध्ये १२ प्रतिशतमा, तेह्रथुमको ६ हजार ६१५ हेक्टर क्षेत्रफल मध्ये २१ प्रतिशतमा, संखुवासभाको ८ हजार ४९२ हेक्टर क्षेत्रफल मध्ये ३ प्रतिशतमा, भोजपुरको १२ हजार ५० हेक्टरमध्ये २७ प्रतिशतमा धान रोपाइँ भएको छ । उदयपुरको १३ हजार ३८० हेक्टरमध्ये १५.२५ प्रतिशतमा रोपाइँ भएको छ । त्यस्तै खोटाङमा १० हजार १८ मध्ये १३.४० प्रतिशत, ओखलढुंगामा ३ हजार ८०३ हेक्टरमध्ये १५.२५ प्रतिशत तथा सोलुखुम्वुको एक हजार २२५ हेक्टर क्षेत्रफलमध्ये ३५ प्रतिशत क्षेत्रमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित समाचार

लकडाउन लागू गराउन खटिएका प्रहरी हबल्दारको मृत्यु

राजविराज, २५ वैशाख-विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य एकैचोटि...

रीता न्यौपानेलाई हराएर मोरङ ६(१) बाट जिवन आचार्य चुनिने सम्भावना प्रबल

विराटनगर । मंसिर ४ गते हुने निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको क्षेत्रमध्ये मोरङ क्षेत्र नं. ६(१) पनि हो । प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो । जहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका...

कोरोनाबाट थप ६ जनाको मृत्यु, १८४ आईसीयू र भेन्टिलेटरमा

काठमाडौं, २४ भदौ-नेपालमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षीया महिला र...

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान आक्रमक

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ । एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ ।...

लर्डबुद्ध कलेजमा चार दिन निःशुल्क स्वास्थ्य शिविर, मंगलबारबाट सुरू हुने

विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा चारदिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विराटनगर १० मा रहेको कलेज परिसरमा असार १९ देखि २२ गतेसम्म विराटनगरस्थित न्यूरो हस्पिटका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य उपचार...

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

कोरोना संक्रमणबाट विराटनगरका ६ सहित ११ जनाको मृत्यु

विराटनगर, ९ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका ६ जनासहित मोरङमा थप ११ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार विहान मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चार, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्