ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

 न्यूज विराट
ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

एजेन्सी, फागुन १–फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता २ अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैँ सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ ।

फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सएप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो । ह्वाट्सएपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ । २ अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोसेढुङ्गा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महसुस गरेको ह्वाट्सएपको ब्लग पोस्टमा लेखिएको छ । कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढङ्गबाट सुरक्षित गरिने र कसैले सहजै भङ्ग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ ।

अमेरिकी सरकारले ह्वाट्सएप, मेसेन्जर, भाइबरजस्ता सञ्चार सेवाका सन्देशहरूमा राज्यका निकायको पहुँच बढाउनुपर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ । गत साता, बाल सुरक्षा संघसंस्थाहरूले फेसबुकसमक्ष बलिया ‘इन्क्रिप्सन’ योजना लागू गर्दा बाल यौन दुराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन् । ह्वाट्सएपका कर्मचारीले परीक्षणका रूपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनै पनि सरकारी निकायले अध्ययन गर्न नसक्ने देखिएको छ ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा थप ८९९ जनामा संक्रमण पुष्टि

काठमाडौं, ६ मंसिर-पछिलो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा ३८७ महिला र ५१२ जना पुरुषमा कोरोना...

रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारी क्लाइमेट समिट २०२२ सम्पन्न

विराटनगर, १६ साउन । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारीमा क्लाइमेट समिट २२ आयोजना गरिएको छ । सोमबार विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनका कारण परिरहेका...

सूचना नदिएको भन्दै १५ हजार जरिवाना

काठमाडौँ, १७ कात्तिक-सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई रु १५ हजार जरिवाना गराइएको छ । सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख, डा खतिवडाबाट नेपालको संविधानको धारा...

माओवादीको निष्कर्ष, ओली नेतृत्वको सरकारले गर्दा प्रतिगामी शक्तिलाई बल पुग्यो

काठमाडौँ । केपी ओली नेतृत्वको गठबन्धन सरकारको नालायकीले गर्दा प्रतिगामी शक्ति आशावादी भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले निष्कर्ष निकालेको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ओली सरकारको जनविरोधी गतिविधिले प्रतिगामी...

विपन्नलाई राहत वितरण

विराटनगर, चैत १९–विराटनगर वडा नं. १७ रानी स्थित इस्लामपुरको धुनिया वस्तीमा लक डाउनका कारण जिवन यापनमा समस्यामा परेका परिवालाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘बर्न टु हेल्प सोसाइटी’...

नेपालभित्र कोरोना सरेको पहिलो घटना, संक्रमितको संख्या ८ पुग्यो

नेपालमा पहिलो पटक अर्को व्यक्तिबाट सरेर एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी अर्को व्यक्तिबाट कोरोना सरेका व्यक्ति दुबईबाट फर्किएका पुरूषकाे आफन्त हुन् । ११ चैतदेखि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ती पुरूष नेपालका चौथो संक्रमित...

कोशी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार

विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन पुगेको हो ।...

चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्