सूचना नदिएको भन्दै १५ हजार जरिवाना

 न्यूज विराट
सूचना नदिएको भन्दै १५ हजार जरिवाना

काठमाडौँ, १७ कात्तिक-सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई रु १५ हजार जरिवाना गराइएको छ ।
सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख, डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलङ्घन भएको भन्दै उहाँलाई जरिवाना गरिएको राष्ट्रिय सूचना आयोगले जानकारी दिएको छ ।
आयोगका प्रवक्ता कमला ओली थापाका अनुसार झापा जिल्ला, बाह्रदशी गाउँपालिका–६, हाल काठमाडौँ निवासी बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख डा खतिवडा र सूचना अधिकारीसमक्ष आफूसँग सरोकार भएको सूचनाको माग गर्नुभएको थियो ।
मागअनुसार कोषले सूचना उपलब्ध नगराएकाले सूचना पाउँ भनी आयोगसमक्ष पुनरावेदन गरेकामा सूचना माग कर्ताको पुनरावेदन साथै संलग्न कागजात, विपक्षीबाट प्राप्त लिखित जवाफ तथा यस आयोगबाट भएका पटकपटकका आदेशकोसमेत बेवास्ता गरेपछि उहाँलाई जरिवाना गरिएको हो ।

सम्बन्धित समाचार

सुनसरी जलमग्‍न, २ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरू डुबानमा परेका हुन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका...

विराटनगरका दुईसहित प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

विराटनगर, ५ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ र बुधबार विहान गरि थप सात जनाको मृत्यु भएको हो । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा...

म्यादी प्रहरी बन्नेहरूको भिड (फोटो फिचर)

विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते...

विराटनगरमा कोरोना संक्रमणबाट विद्युत इन्जिनियरको मृत्यु

विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत ४५ वर्षीय इन्जीनियर मोतिलाल मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...

लकडाउनका बेला लागुऔषधको कारोबार, २ जना पक्राउ

विराटनगर, २९ चैत-लकडाउनको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो...

बाँके बस दुर्घटनाका मृतक र घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ

बाँके, १९ जेठ-बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरू भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पीसीआर परीक्षण गरिएको थियो ।...

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्