रतुवामाईमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

 न्यूज विराट
रतुवामाईमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विराटनगर, माघ २८–‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मोरङको रतुवामाई नगरपालिकामा राष्ट्रपति रनिङ शिल्प प्रतियोगिता मंगलबारदेखी सुरु भएको छ । रतुवामाई नगरपालिकाको आयोजनामा वडा नं.६ कादुपाडा स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङ्गणमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रममाबीच रतुवामाई नगरपालिकाका मेयर रवीन राईले व्यानरमा हस्ताक्षर गर्दै उद्घाटन गरे।

सो अबसरमा बोल्दै मेयर राईले खेलकुदको विकास विना मुलुकको विकास सम्भव नरहेको बताए । उनले विद्यालयमा मानसिकरुपमा मात्र नभई शाररिकरुपले पनि विद्यार्थीलाई तयार गर्नुपर्नेमा जोड दिँदै खेलकुदलाई नगरपालिकाले प्रथामिकतामा राखेको बताए । मेयर राईले नगरका सामुदायीक विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाले प्रथामिकतामा राख्दै आएको बताए । ‘विद्यार्थीले किताबीकुरा घोकेर मात्र हुँदैन । विद्यालयमा आर्जन गर्ने शिक्षाले मानशिकताको विकास हुन्छ ।’ उनले भने,‘त्यतिले मात्र पुग्दैन शारिरिक रुपले र स्वास्थ्यका हिसाबले पनि विद्यार्थी फिट हुनुपर्छ । त्यसैले खेलकुद अनिवार्य छ ।’

मेयर राईले खेलकुद क्षेत्रबाट विद्यालय स्तरदेखीनै खेलकुदप्रतीको लगावले विद्यार्थीले समाज, नगर र सिंगो राष्ट्रको नाम राख्न सक्षम हुने भएकाले रतुवामाई नगरपालिकाले जहिल्यै खेलकुद क्षेत्रलाई प्रथाकिमतामा राखेको बताए । ‘विद्यालयबाटै खेलको अभ्यासबाट पछि राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन्छन् । ती खेलाडीले राष्ट्रका लागि देश विदेशमा खेल्दा सवै हामिलाई खुशि लाग्छ । नगर र राष्ट्रको नाम राख्नेछ ।’ उनले भने,‘त्यसैले विद्यार्थीले पढाई सँगसँगै खेलकुद तर्फ पनि ध्यान दिनुपर्छ ।’ \

कार्यक्रममा रतुवामाई नगरपालिकाकी उपमेयर दयन्तादेवी चुडालले खेलकुद क्षेत्रको विकास बिना समृद्ध नेपाल शुखि नेपालीको राष्ट्रिय संकल्प पुरा नहुने बताउँदै नगरपालिकाले खेलकुद क्षेत्रलाई महत्वका साथ हेरेको दावी गरिन् ।

उद्घाटन कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद भट्टराईले विद्यालय स्तरमा गरिने खेलकुद प्रतियोगिताबाट विद्यार्थीको क्षमता विकसमा टेवा पुग्ने बताए । उनले खेल क्षेत्रले अन्तराष्ट्रिय स्तरमा राष्ट्रको पहिचान स्थापित हुने भएकाले स्थानीय स्तरदेखीनै खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

मंगलबारदेखी सुरु भएको प्रतियोगितामा रतुवामाई नगरपालिकाका २२ वटा सामुदायीक विद्यालयका ७५ जना विद्यार्थीले विभिन्न खेलमा भाग लिएको सरस्वती माध्यामिक विद्यालय कादुपाडाका प्रधानाध्यापक यज्ञनाथ भट्टराईले जानकारी दिए । उसु खेलबाहेक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश सवै खेल सञ्चालन गरिने जनाइएको छ ।

्मंगलबारदेखी सुरु भएको प्रतियोगिता फागुन १ गते सम्पन्न हुने जनाइएको छ । ७४ इभन्टमा हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ शिल्ड, प्रमाण पत्र र मेडल वितरण गरिने प्राधानाध्यापक भट्टराईले जानकारी दिए । करिब ५ लाख बढी खर्च हुने प्रतियोगिताको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने जनाइएको छ । प्रतियोगिताको पहिलो दिन मंगलबार एथ्लेटिक्सका मात्र खेलहरु भएको छ ।

सम्बन्धित समाचार

रुसमा ३ लाख पुगे कोरोना संक्रमित, सवै नेपाली सुरक्षित

मस्को, जेठ ६–रुसमा मंगलबार सम्म २ लाख २० हजार ९ सय ७४ जना कोरोना भाइरस (कोडिभ–१९) का सक्रिय संक्रमित पुगेका छन् । केही दिन यता रुसमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ ।...

सीमा सुरक्षाका लागि गाउँपालिकाले म्यादी प्रहरी राख्ने

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं ७ को भँगालेटार, वडा नं ९...

ओलीकाे प्रतिवेदन समस्या बल्झाउने खालको छैन : विष्णु पौडेल

काठमाडौं, १३ मंसिर-नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य विष्णु पौडेलले अध्यक्ष केपी शर्मा  ओलीबाट सचिवालय बैठकमा पेस हुने प्रतिवेदन समस्या बल्झाउने किसिमको नहुने बताएका छन् । उनले पार्टीको अभिभावकको हैसियतमा अध्यक्ष ओलीले सम्हालिएको प्रतिवदेन...

लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको...

निगमले लागू गर्‍यो नयाँ सफ्वेयर

काठमाडौं, १८ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ ।  निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी...

मतगणना अपडेट : इलाम–२ मा सुहाङले लिए अग्रता

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...

स्वास्थ्य सामग्री खरिदमा गडबडी : उपप्रधानमन्त्री पोखरेलविरुद्ध पनि अख्तियारमा उजरी

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा ल्याउने दिएको ठक्का सम्झौतामा गडबडी गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियारमा उजुरी परेको छ । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलविरूद्ध...

दुर्व्यवहार गरेको आरोपमा विराटनगरमा चिकित्सक पक्राउ

विराटनगर । एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्