तेस्रो कचनकवल गोल्डकप सुरु

 न्यूज विराट
तेस्रो कचनकवल गोल्डकप सुरु

विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सांसद बसन्त बानिया र ओमप्रकाश सरावगीले गरे ।

उद्घाटन खेलमा जलथल फुटबल क्लब झापालाई एककाविरुद्ध दुई गोलले पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलाम क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच इलामका किस्मत राई घोषित भए । फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा बिजेता टिमलाई नगद १ लाख ५० हजार र उपबिजेता टिमलाई १ लाख नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...

तीन जना मन्त्री थप्ने तयारी, नेकपा सचिवालयले टुंगो लगाउने

काठमाडौं २० असोज-आज दिउँसो बस्ने नेकपा सचिवालय बैठकले तीन मन्त्रालयमा मन्त्री नियुक्तिको बाटो खुला गर्ने तयारी गरेको छ । रिक्त मन्त्रालय तत्काल पूर्ति गर्ने र दशैंपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी...

प्रचण्डले आफ्नैलाई दिए धोका, संकटमा माओवादी

काठमाडौं, माघ २५ । आफ्नै पार्टीभित्र समेत सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहासकै सवैभन्दा ठूलो...

लागुऔषधसहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै...

कृष्णदासको थुनछेक बहस आज सकिएन

विराटनगर, पुस १३–अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ...

लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको...

मिल्स गोल्डकप, सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले...

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्