लागुऔषधसहित युवक पक्राउ

 न्यूज विराट
लागुऔषधसहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स १ प ८३३१ नंको मोटरसाइकलमा लुकाइछिपाई ल्याइरहेको लागुऔषध डाइलेक्स डिसी १ सय एमएलका ५० बोतलसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

सम्बन्धित समाचार

निर्वाचन आयोगले दैनिक ‘प्रेस व्रिफिङ’ गर्ने

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–...

सुनको मूल्य घट्यो

काठमाडौं, २० असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

विराटनगरमा ३६ सहित प्रदेश १ मा १ सय ९ संक्रमित थपिए

विराटनगर, ९ भदौ-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश...

भारतमा लगातार दोस्रो दिन ८३ हजारबढी संक्रमित

एजेन्सी, १९ भदौ=भारतमा लगातार दोस्रो दिन ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८३ हजार ३४१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।...

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो कर नतिरेको आरोप

एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो ३ दिन लगाएर पन्छाइयो

चितवन, ६ असार-नारायणगढ-सडकखण्डको चारकिलोमा खसेको पहिरो ३ दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरूपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव...

रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको...

राष्ट्रपतिलाई महन्थ पक्षको पत्र- १२ सांसदलाई मान्यता नदिइयोस्, हामी कारवाही गर्दैछौं

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टीको संसदीय दलमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद ४० प्रतिशत पनि नपुगेपछि जसपाको आधिकारिकता महन्थ ठाकुर पक्षले पाउने देखिएको छ । जसपाका ३२ जना सांसदमध्ये कांग्रेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्