प्रचण्डले आफ्नैलाई दिए धोका, संकटमा माओवादी

 न्यूज विराट
प्रचण्डले आफ्नैलाई दिए धोका, संकटमा माओवादी

काठमाडौं, माघ २५ । आफ्नै पार्टीभित्र समेत सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहासकै सवैभन्दा ठूलो अप्ठेरोमा पर्नुभएको छ । पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षर छ।

प्रचण्डले पत्रको स्वामित्व लिनुको साटो किन सार्वजनिक गरेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेपछि उहाँको चरित्र झनै नांगो बनेको छ । आश्चार्य कुरा के हो भने आफैँले गरेको हस्ताक्षरको स्वामित्व किन लिन चाहँदैनन् प्रचण्ड ? सार्वजनिकरुपमा एमसीसी संसोधन नगरी पारित गर्न नसकिने रटान दिँदै आएका प्रचण्डले आफ्नै हस्ताक्षरको स्वामित्व नलिएर कार्यकर्ता माझमात्र होइन, पार्टीका आफ्नै सहयात्रीहरुको समेत विश्वास गुमाउँदै जानुभएको छ । बाहिर एकथरी अभिव्यक्ति दिने, तर भित्रभित्रै सत्ता गठबन्धनमा टिक्न र अमेरिकीहरुलाई नचिढ्याउने रणनीतिले प्रचण्ड अप्ठेरोमा पर्नुभएको हो ।

पार्टीभित्र पर्याप्त छलफल नगरी हरेक निर्णय आफू केन्द्रीत बनाउन खोज्दा प्रचण्ड प्रायः विवादमा आउने गर्नुभएको छ । एमसीसी मुख्यालयमा पठाएको पत्रमा हस्ताक्षर गर्दासमेत उहाँले आफ्नो पार्टीमा छलफल गर्न आवश्यक ठान्नुभएन । त्यही कारण प्रचण्ड फेरि विवादमा तानिनु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको संयुक्त हस्ताक्षर भएको पत्र सार्वजनिक भएपछि उहाँको चरित्र र महत्वकांक्षाबारे फेरि एकपटक चर्चा सुरु भएको छ।

प्रचण्डले किन आफ्नै हस्ताक्षरको स्वामित्व लिन तयार भएनन्रु यसको जवाफ कुनै दिन उनले देलान्। तर यस्तो प्रवृतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रचण्ड र उहाँले नेतृत्व गरेको पार्टीको छबि नमज्जाले धुमिलिएको छ। एमसीसीको विरोधमा बाहिर जति चर्को भाषण गरे पनि प्रचण्ड एमसीसी पारित गर्न हतारिएको पत्रले देखाउँछ। एमसीसी पास गर्न प्रचण्डले देखाएको हतारोपनलाई उहाँले हस्ताक्षर गरेको पत्रले पुष्टि गरिसकेको छ। विश्लेषकहरुमा अनुसार, प्रचण्डसँग अब एकमात्र विकल्प छ, त्यो हो आफ्नो हस्ताक्षरको स्वामित्व लिने र एमसीसी पास गराउने। त्यसका लागि प्रचण्डले अहिले फेस सेभिङ खोजिरहेको देखिन्छ।

जनताको विश्वास जित्न प्रचण्डले आफ्नो हस्ताक्षरको स्वामित्व लिनुपर्ने र एमसीसीलाई पारित गर्न अघि बढाउनुपर्ने विश्लेषकको सुझाव छ। राजनीतिक विश्लेषक अरुण सुवेदीले प्रचण्डले एमसीसी मुख्यालयमा पठाएको पत्रको स्वामित्व लिनुपर्ने सुझाउनु भयो। एमसीसी पास गर्नुपर्ने प्रतिबद्धतासहितको पत्र पठाउनु गलत नभएको विश्लेषक सुवेदीको भनाइ छ।

आफ्नो हस्ताक्षरको स्वामित्व लिएनन् भने प्रचण्डले निभाएको दोहोर चरित्रबाट आम नेपाली जनताले समेत अब प्रचण्डलाई विश्वास गर्न कठिन हुने देखिएको छ। छलछाम र ढाँटको राजनीतिबाट वाक्क बनेका नेपाली जनताहरु नेताहरुबाट थप धोका सहनसक्ने अवस्थामा छैनन्। कार्यकर्ता र जनतालाई प्रचण्डले ढाँटे नै, तर उहाँले सँगै जनयुद्धबाट नाफाको जिन्दगी लिएर आएका आफ्नै सहयात्रीहरुसँग समेत झुट बाल्नुभएको छ। प्रचण्डलाई नेता मानेर हिँडेका नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोख्रेल, लेखनाथ न्यौपानेहरुसँग समेत उहाँले सत्य बोल्न नसकेको देखिन्छ।

पत्र सार्वजनिक भएको भोलिपल्ट अर्थात सोमवार सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । अर्थात सरकार तीनै तहको निर्वाचन गराउन जुटेको छ यतिबेता। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा को बलिया सहयात्री प्रचण्ड हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रका नेताहरुमा आएको विचलन, आर्थिक अनुशासनहीनता, आफ्ना कार्यकर्ताप्रति अनुत्तरदायी र नेताहरुमा क्रमसः बढेको अहम् र अहंकारका कारण उनीहरुलाई आफ्नै कार्यकर्ताले छाड्दै गएका छन्। आफ्नै पार्टीका नेता र कार्यकर्तामाथि पार्टी अध्यक्ष प्रचण्डले गरेको राजनीतिक तिकडमबाजी र ढुलमुले नीतिले माओवादी केन्द्र जनतामाझ कमजोर हुँदै गएको छ।

सम्बन्धित समाचार

आज विजयादशमी

काठमाडौं,  १० कात्तिक-हिन्दूहरुको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको...

मापदण्ड विपरीत खोला उत्खनन गर्ने सप्लायर्सलाई कटहरी गाउँपालिकाद्धार एक लाख जरिवना

विराटनगर । मापदण्ड विपरीत खोला उत्खनन गर्ने ठेकेदार कम्पनीलाई कटहरी गाउँपालिकाले जरिवना गरेको छ ।गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले मापदण्ड विपरीत खोला उत्खनन गर्ने विराटनगर ६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई १ लाख...

प्रदेश १ मा पीसीआर विधिबाट ३ सय ५५ नमुना परीक्षण

विराटनगर, ५ वैशाख-प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना...

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा, २३ भदौ-वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका- १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । गत १४ साउनमा स्वाब...

‘चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गराएर मात्रै काममा लगाउनू’

काठमाडौं, २८ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गराएर कामकाजमा लगाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयलेका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड-१९ को संक्रमण...

गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छःमन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त...

मन्त्रिपरिषद्ले गर्‍यो करछुटसहितका यी १३ निर्णय

काठमाडौं, १८ वैशाख-गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, श्रम, रोजगार, सामान्य प्रशासन र स्वास्थ्य क्षेत्रमा विभिन्न निर्णयहरू गरेको छ ।आज सार्वजनिक गरिएको निर्णयमा सार्वजनिक खरिद (दशौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ...

मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरको विदाई

विराटनगर, १२ पुस-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको आइतबार विदाई गरिएको छ । बर्तमान राष्ट्रिय राजनीति घटनाक्रममा कारण मन्त्रीको जिम्मेवारीमा रहेर कार्यगर्ने सक्ने अवस्था नभएको भन्दै उनीहरुले आइतबार विहान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्