पर्यटक आकर्षित गर्न ‘फेमिली’ होटल सञ्चालनमा

 न्यूज विराट
पर्यटक आकर्षित गर्न ‘फेमिली’ होटल सञ्चालनमा

विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विराटनगर सीमाक्षेत्रमा ‘फेमिली’ होटल सञ्चालनमा ल्याइएको छ । युवा नेता मोहम्मद फैयाजले पाकिजा होटल एण्ड फास्ट फुड सञ्चालनमा ल्याएका हुन् । होटलको प्रदेश–१ का सांसद जयराम यादव र समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले उद्घाटन गरे । जोगबनी भएर आउने भारतीय र आन्तरिक पर्यटकलाई लक्षित गरी फेमिली रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको जनाइएको छ ।

होटलमा मध्यपान र धुम्रपान निषेध गरी पूर्ण पारिवारिक वातावरण उपलब्ध गराइने सञ्चालक फैयाजले बताए । होटलमा आउने आगन्तुकलाई प्रदेश एकका साथै देशभरिका पर्यटकीय स्थलहरूका बारेमा जानकारी गराइने उनले बताए । त्यसका लागि पर्यटकीयस्थलसम्बन्धी जानकार युवाहरूलाई रोजगार उपलब्ध गराइएको तथा होटल परिसरमा पर्यटकीय स्थलहरूको पोस्टरहरूसमेत राखिएको छ ।

सम्बन्धित समाचार

महामारीका समय ‘जिम्मेवारीबाट पन्छिने प्रवृति’ को अन्त्य गर्न पोपको आह्वान

एजेन्सी, ११ पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले विपचका समय जिम्मेवारीबाट पन्छिने प्रवृतिको अन्त्य गर्नुपर्ने शनिबार बताएका छन् । कोरोनाभाइरसबाट सिर्जित महामारीको समयमा ‘जिम्मेवारीबाट पन्छिने प्रवृत्ति’ले समग्र मानवजातीले ठूलो क्षति व्यहोरेको तर समस्याको समाधानका लागि...

आरोहण गुरुकुल विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन सुरु

विराटनगर, माघ २३–विराटनगरस्थित आरोहण गुरुकुलमा ‘महाभोज’ नाटक मञ्चन सुरु भएको छ । प्रदेश–१ सरकारसँगको सहकार्यमा मण्डला नाटक समूह नेपालले हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा महाभोज मञ्चन गरेको हो । भारतमा आयोजित भारत रंगमहोत्सवमा छनोट भएर जानेक्रममा...

विराटनगर भन्सारको आईसीपीमा ट्रक र कन्टेनरको लाइन

विराटनगर चैत,१६-कोभिड–१९ संक्रमणको त्रासले नेपाल र भारत दुवैतर्फ लकडाउन भएपछि भन्सार एजेन्ट, कामदार तथा विराटनगर भन्सारका कर्मचारी काममा जान छाडेका छन् । यसले गर्दा सीमित मात्रामा उपभोग्य वस्तु आयात हुनथालेका छन् । तेस्रो मुलुक तथा भारतबाट दैनिक...

उत्तर कोरिया कोरोना संकट रोक्न सफल : किम

एजेन्सी, असार १९-उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकट रोक्न देशले चामत्कारिक सफलता हात पारेको बताएका छन् । पार्टी पोलिटब्यूरोको बैठकका क्रममा किम जोङ उनले उत्तर कोरियाले भाइरस फैलिनबाट रोकेर देशलाई हरहालतमा स्थिर बनाइराखेको...

मोरङको सुन्दरहरैँचामा फर्म संचालकको हत्या, काम गर्ने दम्पत्तीले हत्या गरेको आशंका

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको आफ्नै कर्मचारीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बिहीबार विहान बजगाईंको शव आफ्नै कुखुरा फर्म भित्र भेटिएको थियो । मोरङ प्रहरीका प्रमुख एसपी...

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

चितवन, ९ मङ्सिर-नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान...

लकडाउनमा ५ हजार विदेशी फिर्ता

काठमाडौं, २८ वैशाख-कोभिड-१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आआफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत् शनिबारसम्म विभिन्न मुलुकका...

बेलायती प्रधानमन्त्री आईसीयूमा, विदेशमन्त्रीलाई जिम्मेवारी, स्वास्थ्य अवस्थाबारे दरबारलाई जानकारी गराइयो

कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लक्षणहरू खराब हुँदै गएपछि अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा सारिएको छ । डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा आईसीयुमा भर्ना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्