आरोहण गुरुकुल विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन सुरु

 न्यूज विराट
आरोहण गुरुकुल विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन सुरु

विराटनगर, माघ २३–विराटनगरस्थित आरोहण गुरुकुलमा ‘महाभोज’ नाटक मञ्चन सुरु भएको छ । प्रदेश–१ सरकारसँगको सहकार्यमा मण्डला नाटक समूह नेपालले हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा महाभोज मञ्चन गरेको हो । भारतमा आयोजित भारत रंगमहोत्सवमा छनोट भएर जानेक्रममा मण्डलाले विराटनगरमा नाटक मञ्चन गरेको हो । हिन्दी साहित्यकार मन्नु भण्डारीको उपन्यासलाई नेपाली भाषामा नाट्य रुपान्तरण विप्लव प्रतीकले गरेका हुन् । जनतालाई भोटबाहेक केही नदेख्ने राजनीतिकर्मी र बाँचुञ्जेल उत्पीडनमा पारिएकाहरूको कथा देखाएको छ नाटक ‘महाभोज’ले ।

गरिब जनताको लासमाथि हुने राजनीतिमा नाटक केन्द्रित छ । लगभग ४० वर्षअगाडि लेखिएको ‘महाभोज’ लाई तीन ‘पी’ मा बुनिएको छ । तीन पी भन्नाले प्रेस, पोलिटिक्स र पुलिसलाई जनाइएको छ । राजनीति, प्रहरी र पत्रकारिता कसरी एकअर्कासँग जोडिएका छन् र त्यसको चक्रब्यूहभित्र जनता कसरी कैद छन् भन्ने विषय नाटकमा देखाइएको छ ।

नाटक हेर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश–१ भरिका रंगकर्ममा सक्रिय कलाकार, साहित्यकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता थियो । नाटकमा रमेश बुढाथोकी, शेखर चापागाई, राजन खतिवडा, दिया मास्के, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, विजय बराल, आर्जेश रेग्मी, सोमनाथ खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

सम्बन्धित समाचार

लाभान्वित सहकारीको खुद नाफा ६० लाख

विराटनगर । विराटनगर – १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा झण्डै ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । विराटनगरमा शनिबार भएको सहकारीको १३ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष...

सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी...

आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रचण्डको धोति फेरि खुस्कियोः महेश बस्नेत

काठमाडौँ, माघ २३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो ।...

आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ कात्तिक-गत २४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना पोजिटिभ...

उच्च अदालत विराटनगरका एक न्यायाधीशमा कोरोना पुष्टि

विराटनगर, ९ भदौ–उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गराएको पीसिआर परीक्षणको रिपोट अनुसार उच्च अदालतका एक जना न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो । सोमबार स्वाब संकलन...

उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई मन्त्री ढकालको निर्देशन 

काठमाडौं,  २० असोज-स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले  चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिए ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त...

रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोना खोप

एजेन्सी, १९ मंसिर–रुसमा एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप...

प्रदेश १ लाई खेलकूदको हबको रूपमा अगाडी बढाइने

विराटनगर, ३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको प्रथम प्रदेश नंं...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्