विराटनगर भन्सारको आईसीपीमा ट्रक र कन्टेनरको लाइन

 न्यूज विराट
विराटनगर भन्सारको आईसीपीमा ट्रक र कन्टेनरको लाइन

विराटनगर चैत,१६-कोभिड–१९ संक्रमणको त्रासले नेपाल र भारत दुवैतर्फ लकडाउन भएपछि भन्सार एजेन्ट, कामदार तथा विराटनगर भन्सारका कर्मचारी काममा जान छाडेका छन् । यसले गर्दा सीमित मात्रामा उपभोग्य वस्तु आयात हुनथालेका छन् । तेस्रो मुलुक तथा भारतबाट दैनिक ३ सयदेखि ५ सयसम्म ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका थिए । लकडाउनको चौथो दिन सकिँदासम्म प्रतिदिन ३० देखि ५० गाडी त्यसमा पनि इन्धन र भारतबाट कोइलाको आयात भन्सार आईसीपी हुँदै नेपाल आइरहेका छन् । लकडाउन सुरु भएपछि पछिल्लो समय नेपालबाट भारततर्फ निर्यात भने ठप्प छ ।

नेपालले यसै साताबाट अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरिसकेकाले हवाइमार्ग हुँदै आउने सामान पनि देशमा भित्रिनसकेको छैन । भन्सार स्रोतले दिएको जानकारीअनुसार भारतबाट हुने आयातमा चार दिनदेखि भन्सार एजेन्ट तथा व्यापारी नै सामान अर्डर गर्न र नाकामा आइसकेका सामान छुटाउन नआएर छाडेका कारण अहिले भारततर्फको आयात हुन नसकेको कुरा बताउँछ । तर भन्सार एजेन्टले दिएको जानकारीअनुसार विराटनगर भन्सारले नेपाल र भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न नसकेका कारण भन्सार एजेन्टलाई आवतजावतमा समस्या परेपछि आयात नै ठप्प भएको बताएको छ । यस विषयमा विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारीसँग यथार्थ जानकारीका लागि सम्पर्क राख्दा उनी सम्पर्कमा आएनन् ।

उनले भन्सार प्रमुख भएर भारती भन्सार र नेपाल भारतका सुरक्षाकर्मीसँग समन्वय गरी भन्सार एजेन्टलाई आवतजावत र काम गर्ने वातावरण बनाउनुपर्नेमा कसैसँग सम्पर्क नै नगरी बसेको आरोप विराटनगर भन्सारका भन्सार एजेन्टको छ ।विराटनगर भन्सार नाका भएर तेस्रो मुलुकबाट ल्याइने सामग्रीसमेत भारत हुँदै आउने हुँदा चार दिनदेखिको भन्सार कर्मचारी र भन्सार एजेन्टको समस्याले उपभोग्य सामग्रीको अभाव हुनसक्ने स्रोतको भनाइ छ ।

यसबारे सरकारले गम्भीर भएर नसोचे आयातनिर्यात ठप्प हुने व्यापारीहरूले बताएका छन् । संक्रमण रोक्ने भन्दै सुरक्षाका विषयमा मोरङ प्रशासनले भारतीय नाकामा उच्च सावधानी नअपनाएको तर भन्सार एजेन्टलाई आउजाउमा प्रशासनको कमजोर व्यवस्थापन रहेको हुँदा विराटनगर भन्सारको आयात प्रभावित भएको भन्सार एजेन्ट महासंघका केन्द्रीय सदस्य तथा रिलाइन्स इस्पिनिङका भन्सार एजेन्ट प्रविन जोशीले जानकारी दिए ।

भन्सार एजेन्ट जोशीले भने, ‘भन्सार खुले बैंक खुल्दैन, एजेन्ट गए भन्सार खुल्दैन, बैंक खुले बाहिरबाट कागजात पठाउन सकिँदैन भन्दै भन्सारबाट सामान छुटाउन कम्तीमा ४ देखि ५ वटा निकायबीच समन्वय गर्नुपर्ने हुँदा त्यसो हुन नसकेपछि विराटनगर भन्सारको आयात निर्योत नै प्रभावित भएको छ ।’अहिले विराटनगर भन्सारसँगै रहेको भारतीय नाकामा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । हिँड्डुल गर्नेहरूलाई प्रहरीले नबुझी अभद्र व्यवहार गर्ने गरेका हुनाले विराटनगर भन्सारबाट हुने आपूर्ति प्रणाली नै बन्द भएको छ ।

जसले गर्दा आपूर्ति प्रणाली जारी राख्न भन्सार नाकामा उच्च सतर्कता र अन्तर्सम्बन्धित सरकारी निकायहरूबीच समन्वय जरुरी देखिएको छ । सरकारले भारतका सबै नाकाबाट गत मंगलबारदेखि नै मानिसको आउजाउ बन्द गरे पनि अत्यावश्यक सामग्रीको बिक्री, ओसारपसार र भारततर्फको आयातनिर्यात नरोकिने जनाएको थियो ।

तर भारतमा पनि तीन साताका लागि लकडाउन भएकाले त्यसको प्रत्यक्ष प्रभाव अहिले विराटनगर भन्सारबाट हुने आयात प्रणालीमा प्रष्ट देखिएको छ । विराटनगर भन्सारले जाँचपास र ढुवानी यथावत् राख्ने भने पनि सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा बुधनगरमा रहेको(आईसीपी) सुक्खा बन्दरगाहमा कन्टेनरको जाम लागेको छ ।

भारत तथा तेस्रो मुलुकबाट आयातित वस्तु अहिले त्यसै बाटोमा थन्किएका छन् । भन्सार एजेन्ट नै सामान जाँचपासका लागि नआएको भन्दै विराटनगर भन्सारका जिम्मेवार कर्मचारी नै पन्छिने गरेका छन् । तर भन्सार एजेन्ट भने सामान लोड अनलोड गर्ने कामदारसमेत लकडाउनका कारण आउन जानका लागि प्रशासनले कुनै सहयोग नगरेपछि लोड भएका कन्टेनरहरु त्यसै थन्किएको दाबी गर्छन् । सडकमा हिँड्दा प्रहरीले मजदुर तथा भन्सार एजेन्टलाई दुव्र्यवहार गरेकाले मजदुरहरु अहिले घरमै बसेको नाम नछाप्ने शर्तमा एक एजेन्टले बताए ।(आर्थिक दैनिकबाट)

सम्बन्धित समाचार

आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...

लागु औषधि नियन्त्रण दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर, १२ असार । युवाहरुलाई लागु पदार्थ दूव्यर्वसनीबाट जोगाउने सभ्य एवं सक्षम नागरिक बनाउने अभियान अन्तर्गत आज यहाँ प्रभातफेरीको आयोजना गरियो । जिल्ला प्रशासन कार्यालय मोरङ, रिकभरी नेपाल लगायत विभित्र सङ्घसस्थाहरुद्वारा संयुक्त रुपमा आयोजित ३५...

आज ७,६६४ संक्रमितले जिते कोरोना

काठमाडौं, जेठ ९- पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आज उक्त संख्यामा संक्रमितले कोरोनालाई परास्त गर्नुभएको हो । सोही अवधिमा ७...

कोरोना संक्रमणबाट थप २४६ जनाले ज्यान गुमाए

नेपालमा कोरोना भाइरसको संक्रमण थप २४६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालकका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना थप २४६ संक्रमितको मृत्यु भएको जानकारी दिए ।  योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको...

प्रधानमन्त्रीद्वारा पत्नी शाक्यलाई टीका

काठमाडौं, कात्तिक १०-प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् । कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा...

प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानुनी जटिलता व्यहोर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, ३० वैशाख-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेसा र व्यावसायमा गएका नेपालीको प्रवेशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानुनी जटिलता व्यहोर्नु नपर्ने बताएका छन् । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र...

अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण

जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ...

सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’, लक्की ड्र मा ग्राहकले पाउँछन् टिभीदेखि चाँदीको सिक्कासम्म

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’ सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी घटस्थापनाको दिनदेखि सेन्ट्रल मलमा दसैँ तिहार उत्सव सुरु भएको हो । असोज १० देखि कार्तिक १३ गतेसम्म सेन्ट्रल मलमा दसैँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्