कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लक्षणहरू खराब हुँदै गएपछि अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा सारिएको छ ।
डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा आईसीयुमा भर्ना गरेर उपचार भइरहेको जानकारी दिएका छन् । ५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो ।
बेलायती महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको बकिंघम राजदरबारले जनाएको छ।गत २७ मार्चमा कोरोनाभाइरसको संक्रमण देखिए यता क्वारेन्टाइनमा बसेका उनमा सुधार नआएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो ।