राशिफल

मैथिली लोक संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान गरेका पूर्वसांसद नेपाली सम्मानित

 न्यूज विराट
मैथिली लोक संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान गरेका पूर्वसांसद नेपाली सम्मानित

विराटनगर, २५ पुस । राष्ट्रियसभाका पूर्वसांसद तथा दलित आन्दोलनका शिर्ष नेता खेम नेपाली सम्मानित हुनुभएको छ । मैथिली लोक, कला तथा भाषा संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सांसद नेपालीलाई अप्पन विराटगढ परोपकार समाजले सम्मान गरेको हो ।

विराटनगरमा एक कार्यक्रमकाबीच पूर्व सांसद नेपालीलाई सम्मान गरिएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरमा आयोजित कार्यक्रममा पूर्वसांसद नेपालीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

पूर्व सांसद नेपालीले निरन्तर मैथिली कला, संस्कृती र भाषा संरक्षणमा योगदान पुर्याउँदै आउनुभएको छ । उहाँले राष्ट्रियसभामा मैथिली कला, संस्कृती र भाषा संरक्षणका लागि जोडदाररुपमा आवाज उठाउनुभएको थियो ।

त्यस्तै उहाँले देश व्यापीरुपमा मैथिली कला, संस्कृती र भाषा संरक्षणमा जोड दिँदै आएकाले महत्वपूर्ण योगदानका लागि सम्मान गरिएको अप्पन विराटगढ परोपकार समाजका अध्यक्ष मिथिलारत्न बसुन्धरा झाले बताउनुभयो ।

सम्बन्धित समाचार

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो, विद्यार्थीको लागि लाभदाही

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ । हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित...

शिक्षादीप स्पोर्टस् मिट सुरू,पाँच सय बढी विद्यार्थीको सहभागि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...

मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर...