गुटको राजनीति छाडेर संगठन सुदृढिकरणमा लाग्न कांग्रेसलाई विज्ञहरुको सुझाव

 न्यूज विराट
गुटको राजनीति छाडेर संगठन सुदृढिकरणमा लाग्न कांग्रेसलाई विज्ञहरुको सुझाव

विराटनगर, फागुन ३–गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले गुटको राजनीति त्याग्न नेताहरूलाई सुझाव दिएका हुन् ।

कार्यक्रममा प्राध्यापक बलराम पौडेलले कांग्रेसमा नेतै पिच्छे गुट खडा गरेर कार्यकर्ता भागवण्डा गर्ने प्रबृत्तिले पार्टी कमजोर हुँदै गएको बताए । उनले परम्परागत र कर्मकाण्डी प्रबृत्तिले पार्टी चलाएर नहुने भन्दै दीर्घकालिन योजनाका साथ अघिबढ्न सुझाव दिए ।

कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्राध्यापक शैलेन्द्र शिवाकोटीलगायतले पार्टीभित्रै पनि एउटा नेतालाई अर्को नेताले चुनाव जित्ला भन्ने डर हुनु दःुखद भएको बताए । कांग्रेसमा पद लिन लुछाचुडी गर्ने तर, पद पाएपछि जिम्मेवारी बहन नगर्ने प्रबृत्तिको अन्त्य गर्न पनि सहभागिहरूले सुझाव दिएका छन् ।

विभिन्न क्षेत्रका सुभेच्छुकहरूले दिएको सुझावका आधारमा भावी नीति तय गरेर अघि बढ्न कार्यक्रम आयोजना गरिएको नेपाली कांग्र्रेस मोरङका सचिव नागेश कोइरालाले बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुलगायत प्राध्यापक, कर्मचारी तथा विभिन्न क्षेत्रका विज्ञसहित ३० जना सहभागी थिए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्