म्यान अफ द म्याच हुने खेलाडीलाई क्यूआरबाट भुक्तानी

 न्यूज विराट
म्यान अफ द म्याच हुने खेलाडीलाई क्यूआरबाट भुक्तानी

विराटनगर । राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ । आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई क्युआरबाट भुक्तानी गर्ने सहमति भएको हो ।

सोमबार बैंकको तर्फबाट ब्रान्डिङ्ग एण्ड कर्पोरेट कमिनिकेसनका प्रमुख सरोज भट्टराई र संघकको तर्फबाट मोरङ अध्यक्ष एमडी साद कुरेशीले सम्झौता गरेका छन् । म्यान अफ द म्याच हुने खेलाडीलाई कति राशि दिने त्यो मंगलबार तोकिने अध्यक्ष एमडी सादलले बताए । डिजिटल माध्यमबाट पहिलो पटक खेलकुद क्षेत्रमा भुक्तानी गर्ने योजना ल्याएको उनले बताए । ‘क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरुदण्डको रहेको हामीले बुझेका छौं । यसलाई सम्भव तुल्याउन एनआइसी एशिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोषेढुंगा सावित भएको छ,’ उनले भने ।

फागुन २२ गतेबाट चैत्र ३ गतेसम्म राष्ट्रिय टी– ट्वेन्टी प्रतियोगिता विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ ।
प्रतियोगिताका विजेताले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । सात वटा प्रदेशसंगै ३ वटा विभागिय टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैया खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा हुने

सम्बन्धित समाचार

इनारमा डुबेर वृद्धाको मृत्यु

विराटनगर, २५ वैशाख-मोरङमा इनारमा डुबेर १ वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ बेलगौकी ६० बर्षीया सानुमाया लम्साल रहेकी छिन् । बिहीबार दिउँसो साढे १ बजेको समयमा लम्सालको आफ्नै घर अगाडि रहेको...

लाभान्वित सहकारीको खुद नाफा ६० लाख

विराटनगर । विराटनगर – १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा झण्डै ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । विराटनगरमा शनिबार भएको सहकारीको १३ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष...

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएको विषयमा अख्तियारद्वारा मुद्दा दर्ताको तयारी

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...

तुलसी सहकारीको घोटला गरेको रकम ३३ कम्पनीमा, अध्यक्ष केदरनाथा शर्माको कुन कम्पनीमा कति लगानी ?

विराटनगर । बचतकर्ताहरूले राखेको करोडौं रूपैयाँ अपलचन गरी तुलसी बहुउद्देश्य सहकारीका अध्यक्ष केदारनाथ शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले...

सोनाम ल्होछार विराटनगरमा मनाइयो

विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारी क्लाइमेट समिट २०२२ सम्पन्न

विराटनगर, १६ साउन । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारीमा क्लाइमेट समिट २२ आयोजना गरिएको छ । सोमबार विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनका कारण परिरहेका...

काेराेना संक्रमणबाट जाेगिन स्थानीयले लगाए ढाट

सप्तरीको राजविराज नगरपालिका–५ का बासिन्दाहरूले बाहिरी व्यक्तिहरूलाई आवतजावतमा निषेध गरेका छन् । कोरोनो भाइरसबाट जोगिन सरस्वती टोलपारि भलुवाही नदी पूर्व टोलमा युवाहरूले टोल प्रवेश गर्ने मूलबाटो नै छेकिने गरी बाँसको ढाट लगाएर आवत–जावत पूर्ण रूपमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्